मत-विमत

छोरीलाई चिट्ठी

सौर्य अनलाइन २०७७ फागुन १० गते ७:३८ मा प्रकाशित

बुद्धिप्रसाद लामिछाने

जुन सन्तानले आफ्नो कुलको, आफ्नो पुर्खाको आफ्नो सतित्वको, आफ्नो अस्तित्वको, आफ्नो मौलिक प्राचीन सनातनि संस्कृतिको संरक्षण संवद्र्धन र त्यसमा गौरवान्वित महसुस गर्दैन त्यसको जीवन जतिसुकै ठूलो तथाकथित सम्मान र पद प्राप्त गरे पनि वास्तवमा सार्थक हुँदैन नानी । तिमीलाइ मैले सानो दुःखले त्यो ठाउँ र हैसियतमा स्थापित गराएको होइन । जसको पुर्खाले आधुनिक नेपालको पुनः एकीकरण ग¥यो, त्यसलाई विस्थापित मात्र गरिन । दशाँै हजार नेपाली सपुतको रक्तरञ्जित प्रश्रवपीडा र वेदना भोग्न म बाध्य भएको छु ।

प्यारी छोरी विद्या, तिमीलाई शुभ आशीर्वाद अर्पण गर्ने इच्छा थियो तर आज समयले तिमीलाइ जुन ठाउँमा राखेको छ त्यसको मर्यादाको कदर गर्दै म तिमीलाई शाष्टांग दण्डवत् प्रणाम गर्दछु । समयले मुसोलाई सिंह बनाएपछि मुसोले म अब पक्का सिंह भएँ भनेर समयमाथि नै आक्रमण गरी अत्याचार गर्न थालेपछि समयले नरसिंह अवतार धारण गरी समयको शास्वत सत्य र त्यसको निरन्तरतालाई कायम राखेको अनेकौँ दृष्टान्त मैले तिमीलाई पढाए कै हो । यो विश्वव्यापी ब्रामाण्डमा समय सबैभन्दा बलवान र अविचलित तागत हो ।

सत्यमेव जयते सिंहमेव पराजयते भनेर तिम्रो आँखामा राख्दा पनि नबिझाउने शक्तिशाली गुरुवाले तिमीलाई बेलाबखतमा सुनाउँदै आएका हुन् । आकाश जति विशाल छ त्यति नै दुर्बुध्य असीमित छ नानी । ठूलो हुनुभन्दा सानो त्यति नै सहज आनन्दकारी र सरल छ भन्ने कुरा तिमीजस्तो जमिन छाडेकी भुइँफुट्टा मेरी प्यारी छोरी विद्यालाई थाहा नहुन सक्छ । तर, सत्य र वास्तविकता जुन धरातलमा राखे पनि जुन तुलोमा जोखे पनि सत्य सत्य नै हो । घाम आपैmँ उज्यालो हुन्छ । सत्ता र शक्तिको दिउँसै बत्ती बाल्न पर्दैन नानी । जसरी घनघोर अन्धकार पछि सूर्योदय कसैले चाहेर पनि रोक्न सक्दैन त्यसरी नै धरातलीय यथार्थ कुनै पनि तर्क र कुतर्कको साहारामा बदल्न सकिँदैन मेरी प्यारी आँखाको नानी

प्यारी प्राणप्रिय छोरी !
जुन सन्तानले आफ्नो कुलको, आफ्नो पुर्खाको आफ्नो सतित्वको, आफ्नो अस्तित्वको, आफ्नो मौलिक प्राचीन सनातनि संस्कृतिको संरक्षण संवद्र्धन र त्यसमा गौरवान्वित महसुस गर्दैन त्यसको जीवन जतिसुकै ठूलो तथाकथित सम्मान र पद प्राप्त गरे पनि वास्तवमा सार्थक हुँदैन नानी । तिमीलाई मैले सानो दुःखले त्यो ठाउँ र हैसियतमा स्थापित गराएको होइन । जसको पुर्खाले आधुनिक नेपालको पुनः एकीकरण ग¥यो, त्यसलाई विस्थापित मात्र गरिन । दशाँै हजार नेपाली सपुतको रक्तरञ्जित प्रस्रवपीडा र वेदना भोग्न म बाध्य भएको छु । आज पनि हजारौँ नेपाली गोली र बारुदको छर्रा लिएर पीडा र नारकीय जीवन जिउन बाध्य बनाउने हिंसाको विभिषिका मेरो मनमा मेरो मुटु छियाछिया बनाइरहेको छ । हिंसाको डढेलोले कुरूप बनाएको मेरो प्यारो देश नेपाल आज त्यै हिंसाको कारण विदेशी फिरंगीको क्रिडास्थल भएको छ । लाखौँ प्यारा नेपाली नागरिक हिंसाकै कारण विस्थापित जीवन जिउन मात्र बाध्य छैनन्, हजारौँ नेपाली नागरिकले अन्धाअपांग भएर, शिक्षा स्वास्थ्य रोजगारी, नाना, खाना र छानाबाट विमुख भएर गरिबीको रेखामुनि अमानवीय जीवन जिउन बाध्य छन् । यसरी वाध्य बनाउने नेपाली खलनायक र विदेशी आक्रान्तको नियोजित षड्यन्त्रको सिकार हुनबाट रोक्न कम कष्ट मैले भोग्न परेन ।

नेपालको खर्बौंको रुपैयाँ लगानीमा निर्माण गरिएको भौतिक पूर्वाधार र संरचना ध्वस्त पार्ने, कोशीको कौशिकी सभ्यता, गण्डकी बेदब्यासीय, पाणिनीय सभ्यता, कर्णाली सभ्यता, बाग्मति सभ्यताको मात्र विनासको उद्घोष गरिएन अपितु प्राचीन मौलिक वेदान्त सनातन संस्कृति, मुन्दुम सभ्यता सनातन संस्कृति, बौद्ध सभ्यता सनातन ॐकार संस्कृतिमाथि पनि गम्भीर रूपमा आक्रमण गरिएको मैले टुलुटुलु हेर्न विवस हुन परेको विगत ताजै छ नानी विद्या । नारकीय युद्धको विभिषिकाले कतिका सिंदुर पुछियो, कतिको चुरा फुट्यो, कति नाबालक अनाथ भएर सहाराविहीन जीवन जिउन बाध्य छन् कुनै हिसाब छैन । मनकामना, गोरखकाली, पशुपति, बराहक्षेत्र, रिडी, देवघाट, मुक्तिनाथलगायत अनेकौँ पौराणिक धार्मिक तीर्थस्थलमाथि भएको स्वदेशी भेषधारी आक्रान्तको प्रहार आज पनि मैले बिर्सेको छैन प्यारी विद्या नानी । नारी सिर्जनाको फूल हो, सृष्टीको प्रतिमूर्ति हो, कोमलताको पर्याय हो । यो मनुष्य लोकमा सबैभन्दा प्रिय प्रेमको पूजा नारी हो । परिवारको पालक, प्राणीजगतको जीवनको अचुक हस्ताक्षरको द्यौतक नारी हो । छोरी ! तर कसरी तिमी मेरी छोरी भएर पनि, मैले आपैmँले जन्माएको छोरी भएर पनि एउटा सन्की लपंmगोको इशारामा मलाई बलात्कार ग¥यौ । आज मलाई जिउँदै मा¥यौ तिमीले नानी । धिक्कार छ मेरो कोखलाई । धिक्कार छ तिम्रो अन्ध कुकर्मलाई । छोरा रामुले बरु मेरो संरक्षण ग¥यो तिमी मात्रै कस्ती कुपुत्री जन्मियौ आफ्नै आमा, आपूmलाई जन्माउने आमा संविधानलाइ बलात्कार ग¥यौ र आजको यो मरणासन्न अवस्थामा मलाई पु¥यायौ । हे भगवान् ! मेरो नेपालको संविधानको छिटो मुक्ति होस् । मैले कहिल्यै सुख पाइनँ प्रभु । जुनजोगी आए पनि कानै चिरेका । बाह्र छोरा तेह्र नाति आज मेरो यो गति ।
उही मृत्युशय्यामा छटपटाइरहेकी
तिम्री अभागिनी आमा नेपालको संविधान

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय