‘सरकारले चरणबद्ध रुपमा सबैलाई निःशुल्क खोप उपलब्ध गराउँछ’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएकोमा खुसी व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले चरणबद्ध रुपमा सबै नागरिकलाई निस्शुल्क खोप उपलब्ध गराउने उल्लेख गरेकी छिन् । उनले सबै नागरिकलाई निस्शुल्क खोप उपलब्ध गराउने सरकारको निर्णयको सराहनासमेत गरेकी छिन् ।

पहिलो चरणमा कोभिड १९ को खोप उपलब्ध गराउने देशको सूचीमा पर्नुलाई उनलाई सफल राष्ट्रको सफतला भनेकी छिन् । खोप उत्पादक राष्ट्रहरुलाई धन्यवाद दिँदै उनले सबै राष्ट्रमा खोपको न्यायोचित वितरण हुनुपर्ने नेपालको मान्यता रहेको पनि बताएकी छिन् ।

प्रतिक्रिया