कुवेतमा मेगा रेमिट सेवा

काठमाडौ । मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमिट’ सेवा बिस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच रेमिटयान्स कारोबार सम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने बैंकको विश्वास छ ।

लुलु एक्सचेन्जका २२ शाखाबाट नेपालीले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन । यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीले रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

नेपालीले कुवेतबाट पठाएको रकम बैंकका शाखा र बैंकका मुलुकभर छरिएका ३ हजार २ सयभन्दा बढी एजेण्ट मार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । मेगा रेमिट सेवालाई संसारका विभिन्न देशमा जोड्ने क्रममा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया