प्रभु क्यापिटलको अनलाइन सेवा

काठमाडौ । प्रभु क्यापिटलले आफना ग्राहकलाई क्यापिटलको सम्वन्धमा अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले ’प्रभु दाइ’ नामको अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा,अनलाइन डिम्याट खातासम्बन्धी सेवा,क्यापिटलका प्रोडक्ट तथा सेवा सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सूचनाबारे ग्राहकले सहज रूपमा सूचना पाउनुका साथै क्यापिटल मार्केटस सम्बन्धी अन्य सूचना प्रदान गरिने क्यापिटलले जनाएको छ ।

साथै क्यापिटलले ग्राहकको सेवाका लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकको सेवा समयमै प्रदान गर्नसमेत प्रतिवद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया