सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट कुमारीपाटीको सेवामा छुट दिने सम्झौता गरेको छ । सो सम्बन्धमा बैंकका कार्डवाहक तथा मोबाइल बैंकिगका ग्राहकलाई रेष्टुरेन्टको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  सम्झौतामा बैंकका डेबिट÷क्रडिट÷प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिग ग्राहकका कर्मचारीहरुले उक्त रेष्टुरेन्टका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वितहुने विश्वास बैंकले लिएको छ । बैकले मुलुकभर फैलिएका १ सय ९ शाखा, ९८ ए.टि.एम. र १ सय ७ शाखा रहित बैंकिग ईकाईबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकता डिजिटली पूर्ति गरिरहेको छ । यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिगको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाको थालनि गरेको छ ।

यस प्रकारको सेवाबाट डिजिटल बैंकिग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीयबजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रमका साथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाहगर्दै आएको पनि जनाएको छ ।

प्रतिक्रिया