सातौँ ‘नेशनल क्यापिटल अवार्ड’ सम्पन्न

काठमाडौं । राजधानीमा ‘सातौँ नेशनल क्यापिटल अवार्ड २०७७’ सम्पन्न भएको छ । आइतबार नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको हो । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको कार्यक्रममा गायक शिव परियार र गायिका अञ्जु पन्तले उत्कृष्ट गायक गायिका अवार्ड प्राप्त गरे ।

गायक परियारले ‘मेरो भागको खुशी’ नामक गीतबाट अवार्ड प्राप्त गरे भने गायिका पन्तले ‘थोपा थोपा आँशु’ बाट उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो ।

गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै, लोकदोहोरीतर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसीले उत्कृष्ट गायक गायिका लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए । गायक गुरुङले ‘लुकीलुकी’ गीतबाट अवार्ड प्राप्त गरे भने गायिका केसीले ‘भाग्यले नि ढाँट्यो’ गीतबाट अवार्ड अवार्ड प्राप्त गरिन् ।

त्यस्तै, उत्कृष्ट लोकदोहोरी निर्देशक दीप गुरुङ बन्न सफल भए भने उत्कृष्ट कोरियोग्राफर कजिस श्रेष्ठ बन्न सफल भए । उत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड अमृत खातीले प्राप्त गरे । साथै, सुगम संगीततर्फ उत्कृष्ट संगीतकार विकास चौधरी भए भने गीतकारतर्फ हरि उप्रेती उत्कृष्ट बन्न सफल भए ।

उनीहरुले ‘वल्ली होइन पल्ली’ गीतबाट अवार्ड प्राप्त गरेका हुन् । गौतम खाती र श्रेया दुलाल उत्कृष्ट म्यूजिक भिडियो मोडल सुगम संगीतर्फको अवार्ड चुम्न सफल भए । त्यस्तै, एसके दाहाल र सोनाम गुरुङले उत्कृष्ट मोडल लोकदोहोरीतर्फको अवार्ड प्राप्त गरे ।

त्यसैगरी उत्कृष्ट पप गायक चिरञ्जीवी भण्डारी भए भने उत्कृष्ट पप गायिका उषा मलाहा बन्न सफल भइन् । पपुलर गायिका अफ दि इयर पपतर्फ गायिका लक्ष्मी पुरी प्रधान बन्न सफल भइन् भने पपुलर गायिका अफ दि इयर सुगम संगीततर्फ इन्दु बानियाँ उत्कृष्ट भइन् ।

उत्कृष्ट पप म्यूजिक भिडियो मोडल अनिता गिरी बन्न सफल भइन् भने पपुलर मोडल अफ दि इयर सुनिल लामिछाने बन्न सफल भए । साथै, राष्ट्रिय भावको गीततर्फ गायक नवीन पौडेलले ‘लेउ खुकुरी लेउ’ गीतबाट अवार्ड चुम्न सफल भए भने उत्कृष्ट गीतकार रमेश दाहालले ‘ए झण्डा’ बोलको गीतबाट अवार्ड प्राप्त गरे ।

मौलिक गीतको विधातर्फ उत्कृष्ट मौलिक विधा कौडातर्फ गायक प्रकाश गुरुङ र गायिका दिपा गुरुङ उत्कृष्ट बन्न सफल भए । उत्कृष्ट मौलिक शब्द कौडातर्फ गायक अविनाश थापा मगर उत्कृष्ट बन्न सफल भए । त्यस्तै, उत्कृष्ट मौलिक गायिका सालैजोतर्फ बबिता गुरुङ उत्कृष्ट भइन् भने उत्कृष्ट नेवारी भाषा गायक देवमान तण्डुकार बन्न सफल भए ।

उक्त कार्यक्रममा विभिन्न व्यक्ति र श्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पत्रकार शान्तिप्रियलाई वरिष्ठ पत्रकारिता रजत सम्मान, युवराज अधिकारीलाई वरिष्ठ गीतकार राष्ट्रिय स्रष्टा सम्मान गरिएको थियो । त्यस्तै, सन्तोष श्रेष्ठलाई संगीतकार दशकको स्रष्टा सम्मान, छिरिङ भुटियालाई वरिष्ठ गायक तथा साउण्ड इन्जिनियर राष्ट्रिय संगीत सम्मान, च्याङ्बा लामालाई वरिष्ठ फोटोग्राफर राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राजकर्णिकारलाई वरिष्ठ साहित्यकार राष्ट्रिय साहित्य सम्मान, पत्रकार दिनेश थापालाई राष्ट्रिय पत्रकारिता पुरस्कार गरिएको थियो ।

यसैगरी देवीमाया आचार्यलाई समाजसेवी राष्ट्रिय समाजसेवी सम्मान, गीतकार भिष्मराज फुलारालाई राष्ट्रिय स्रष्टा सम्मान, प्रतिमा गुरुङलाई गीतकार तथा समाजसेवी राष्ट्रिय स्रष्टा सम्मान, मीना लुम्बालाई गीतकार तथा समाजसेवी राष्ट्रिय स्रष्टा सम्मान, गीतकार तथा कवि सुरेन्द्र महर्जनलाई राष्ट्रिय साहित्य सम्मान, गायक सुरज पौडेललाई राष्ट्रिय संगीत सम्मान, गीतकार लोकराज अधिकारीलाई राष्ट्रिय स्रष्टा सम्मान र उन्नती शीला बोहरा, प्रतिष्ठित गीतकार (लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया