हिमालयन बैंक र बतास अर्गनाइजेसनबीच गाडी खरिद गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । हिमालयन बैंक र बतास अर्गनाइजेसन अन्तर्गतको इस्टर्न एजेन्सी प्रालिबीच गाडी खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाह तथा इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सुनील थापाले हस्ताक्षर गरेका हुन ।

इन्टर्न एजेन्सी आयसर ब्रान्डका विभिन्न सवारीसाधन बिक्री गर्ने नेपालको आधिकारिक विक्रेता हो । आयसर ब्रान्डका सवारीसाधन खरिद गरी स्वरोजगार बन्न चाहने व्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको कम्पनीले जनाएको छ ।

उपभोक्ताले सर्वसुलभ ब्याजदरमा अधिकतम पाँच वर्षसम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैंकका मुलकुभर रहेका शाखाबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेसनका प्रबन्ध सञ्चालक शान्तराज बतासले बताएका छन । साथै आयसर ब्रान्डका सवारीसाधन खरिद गर्न नेपालको पूर्वमा बिर्तामोड देखि पश्चिममा धनगढीसम्म २० भन्दा बढी शाखा तथा आधिकारीक विक्रेता रहेको कम्पनीले जनाएको छ ।

हाल नेपालमा आयसर ब्रान्डका करिब २० हजार सवारीसाधन गुडिरहेको र सवारीसाधनमा लाग्ने पार्टसका लागि दुई सयभन्दा बढी विक्रेता रहेको कम्पनीले जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया