सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सयमा पुगेको छ। शुक्रबार सुन तोलामा ९२ हजार ९ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर छ। शुक्रबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया