काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । गएराति मंगलटारमा विष्फोट भएको तर बम हो हथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।

‘के विष्फोट भएको हो र कसले विष्फोट गराएको हो यकिन भएको छैन,’ वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले भने, ‘सडकमा विष्फोट भएको पाइएको छ । ठूलो क्षति भएको छैन । बाँकी हामी अध्ययनन गरिरहेका छौं ।’ विष्फोट भएसँगै बीपी राजमार्गमा सवारी अवरुद्ध भएको छ ।

प्रतिक्रिया