यूनाइटेड इन्स्योरेन्सको साधारण सभा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा वेभिनार मार्फत सम्पन्न भएको हो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५÷७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहविवरण तथा सो सँग सम्बन्धित अनुसूचि पारित गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ का लागि बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट्लाई नियुक्त गरेको छ ।

सभाले कम्पनीको विशेष प्रस्ताव अन्तर्गतको कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई पारित गरेको छ । बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय पनि पारित गरेको छ । कम्पनीको आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख रुपैयाँ रहेको छ । खुद बीमा शुल्क आम्दानी २३ करोड ०७ लाख रुपैयाँ रहेकोमा खुद नाफा २ करोड २२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया