सेडान डिजायरका नयाँ गाडी

काठमाडौं । सीजी मोटोकर्पले सेडान डिजायरको नयाँ गाडी सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङसको अटोमोटिभ डिभिजनले सार्वजनिक गरेको २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर छ । सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीका अनुसार सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याइएको थियो । बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बनेको थियो ।

नयाँ डिजायरमामा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फङसन रहेको छ । यस्ले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनुपरेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ । यसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ जसले गर्दा ब्रेकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउने कमनीले जनाएको छ । सीजी माटोकर्पले डिजायरको भीएक्सआई भेरियन्टको मुल्य ३४ लाख २९ हजार तथा जेडएक्सआईको मुल्य ३७ लाख ७९ लाख रहेको छ ।

प्रतिक्रिया