मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना : पाँच जना घाइते

विराटनगर । मोरङको सुनवर्सीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन् । आज बिहान डाइनियाबाट मेरिल्याण्ड कलेजका विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बा २ ख ४५८ नम्बरको बस भेडुवाथानमा दुर्घटना भएको हो ।

घाइते विद्यार्थीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण बाटो राम्ररी देख्न नसकिएको र अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले जानकारी दिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया