नेप्से दोहोरो अंकले उकालो

काठमाडाैं । कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ । आज कारोबारको सुरुवातबाटै उकालो यात्रा तय गरेको नेप्से अन्तिम समय सम्म आइपुग्ता १७.३१ अंकले बढेर २३३२.३२ को विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै ११० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ५३ कम्पनीको शेयर मूल्य घटेको छ । आज नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै भन्दा धेरै प्रभु बैंकको ३३ करोड र नेपाल टेलिकमको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया