वृज सिमेन्टद्धारा खड्कालाई सहयोग

काठमाडौ । बाइबाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सहयोग गरेको छ । खड्का नेपाल स्टारमा इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका थिए । उनको आफनो गायनको श्रृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त सहयोग गरको हो ।

अडिसन राउण्डदेखि अहिले सम्म आफनो मेहनत र परिश्रमले उत्कृष्ट ६ सम्मको यात्रा तय गरेकोमा उनलार्य बधाई दिदै वृज सिमेन्का कार्यकारी निर्देशक मोहित केडियाले गर्नुभयो । कार्यकारी निर्देशक केडियाले नेपाल स्टार जस्तो लोकप्रिय कार्यक्रम सञ्चालन गरी वृज सिमेन्टलाई यसमा स्थान दिएकोमा सबैलाई धन्यवाद दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया