अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ मुलुकभर रहेका आफ्ना १३ सर्भिस सेन्टरमा लागु हुनेगरी आइतबार देखी सेवा सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८ प्रतिसत छुट, लेबर चार्जमा ३० प्रतिसत छुटका साथै ४५ पोइन्ट फ्रि चेक्अप पनी उपलब्ध हुने कम्पनीले बताएको छ । सर्भिस क्याम्पको दौरान ग्राहकले विभिन्न आकर्षक उपहार साथै ड्राईभरले सुरक्षित ड्राईभिग सम्बन्धी जानकारी पनि लिन सक्ने छन् ।

यो सर्भिस क्याम्पको अफर आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो अभियानमा ग्राहकले अशोक लेलैण्डका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन ।
सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यो योजना ४ देखी १५ माघ सम्म मात्र लागु हुने छ । आइएमई मोटर्सले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । यस योजना मार्फत ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया