मेगा बैंकको अनलाइन सहायता सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकका लागि अनलाइन सहायता सुरु गरेको छ । ग्राहकलाई छिटो, छरितो र सहजरुपमा बैंकका उत्पादन/सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाको पनि सम्बोधन गर्ने उद्देश्यले बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा सुरु गरेको हो ।

‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकले २४ सै घण्टा लिन सक्नेछन् । ग्राहकले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन् । वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ ।

त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न उत्पादनट/सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन् । आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्ने पनि बैकले जनाएको छ ।

प्रतिक्रिया