प्रदर्शनमा सक्रिय सहभागी हुन कांग्रेस सभापति देउवाको अपिल

काठमाडौं । संसद विघटनको सरकारी कदमविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले माघ ३ गते (भोलि) देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टीका कार्यकर्तालाई अपिल गरेका हुन् ।

कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । भोलि भने ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका छन् । संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसविरुद्ध कांग्रेस एक्लै संघर्षमा छ ।

प्रतिक्रिया