टाटा सफारी २०२१ एसयुभी

काठमाडौं । टाटा मोटर्सले नयाँ वर्षमा आफ्नो नयाँ उत्पादनको गाडी सार्वजनिक गरेको छ । टाटाले तस्बिर मार्फत सफारी २०२१ एसयुभी सार्वजनिक गरेको हो । टाटाले भारतमा चाडै बुकिङ खुलाउने घोषणा समेत गरेको छ । यो टाटा ग्राभिटास मोडलमा आउनेछ । यो टाटाको सबैभन्दा महंगो एसयुभी हुनेछ ।

अहिलेसम्म टाटा हेरियर कम्पनीको सबैभन्दा महंगो एसयुभी हो । यसको टप भेरियन्ट २० लाख भारतीय रुपैयाँ पर्छ । नयाँ टाटा सफारीमा सात सिट क्षमता रहने कम्पनीले जनाएको छ । यो फुल साइज एसयूभी इन्टेरियर डिजाइन र टेक्नोलोजीको साथमा परफर्मेन्स निकै राम्रो रहेको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया