तरुल आयातको अवस्था हट्दै

काठमाडौं । तरुल आयातको अवस्था हट्ने क्रममा रहेको छ । विगतमा व्यापारीले माघे संक्रान्तिलाई नै लक्ष्यित गरेर ठुलो मात्रामा भारतबाट तरुल आयात गर्ने गरेकोमा बजेटमा पनि कृषिलाई प्राथामिकता दिन थालेको कारण पछिल्लो समय तरुलमा आत्मनिर्भर बन्ने क्रम देखिएको छ । पछिल्लो केही वर्ष देखि माघे संक्रान्तिको लागि भारतबाट तरुल आयात गर्न नपरेको कालिमाटी तरकारी तथा फुलफुल थोक बजार संघका अध्यक्ष गिताप्रसाद आचार्यले बताएका छन । उनले स्वदेशमै उत्पादन भएको तरुलले नै बजारको माग धानी रहेको बताए । अहिले विभिन्न जिल्लाका कृषकले तरुल खेती गर्ने गरेका छन् । अध्यक्ष आचार्यले भने,‘ स्वदेशमा नै तरुल खेती हुन थालेपछि माघे संक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नु पर्दैन । ’ सर्लाही, नवलपरासी, मकावनपुर, कार्भे, धादिङ, चितवन, पाल्पा लगायतका जिल्लामा तरुल खेतीले व्यापकता पाएको छ ।

सबै भन्दा धेरै तरुल सर्लाहीमा उत्पादन हुन्छ । ५÷६ वर्ष अघि देखि नै माघेसंक्रान्तिमा भारतबाट तरुल आउने क्रम नरहेको तरकारी व्यवसायीहरु बताउछन । यो वर्ष कोरोनाका कारण कृषकले तरुल खेती कम गरेको हुँदा गत भन्दा यसवर्ष १० देखि २० प्रतिशत तरुल महुँगो भएको उनको भनाई छ ।  थोक बजारसंघका अध्यक्ष आचार्यका अनुसार थोक बजारमा सेतो तरुलको प्रतिकेजी ६० देखि ८० रुपैयाँ सम्म पर्छ । सिमलको जरा प्रतिकेजी ५० रुपैयाँ, वनतरुल २ सय देखि ३ सय रुपैयाँ, हात्तितरुल ३ सय देखि ५ सय रुपैयाँ, पातले तरुलको १ सय देखि १ सय ५० रुपैयाँ रहेको छ ।

कालिमाटी फलफुल तरकारी बजारमा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माघे संक्रान्तिका लागि स्वदेशी उत्पादन तरुल नै पर्याप्त भएको बताए । उनले चालु आर्थिक वर्षमा कालिमाटीमा भित्रिएको १ हजार २ सय ८ टन मध्ये ४९ टन भारतबाट आएको बताए । उनले केही व्यापारीले भारतबाट तरुल ल्याएको भएपनि पछिल्लो समय स्वदेशमा नै ठुलो मात्रामा तरुल उत्पादन हुने हुँदा भारतबाट तरुल ल्याउन आवश्यक नभएको बताए । नेपाली बजारको माग आपूर्ति गर्न स्वदेशी उत्पादन नै पर्याप्त भएको छ । श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको पुस महिनाको बुधबार सम्मको तथ्यांक हेर्दा कालिमाटी तरकारी बजारमा १२ सय ८ टन तरुल भित्रिएको जसमा पुस महिनामा मात्र १ हजार ५५ टन भित्रिएको छ । विषेश गरी तरुल माघे संक्रान्तिमा खाने हुँदा बजारमा पुस नै बढी आउने गर्छ । उनका अनुसार यो वर्ष कालिमाटीमा तरुल कम भित्रिएको छ । गतवर्ष कालिमाटी बजारमा पुस महिनामा १३ सय टन तरुल भित्रिएको थियो । यो वर्ष १ हजार ५५ टन मात्र भित्रिएको छ ।

पछिल्लो समय काठमाडौँका विभिन्न ठाउँमा बजार विस्तार हुनु र धेरै कृषकहरुले आफैं बजारमा विक्री गर्ने गरेको हुँदा पनि कामालिमाटी बजारमा यो वर्ष कम तरुल आएको आकलन गरिएको छ । कालिमाटी बजारमा ९६ प्रतिशत तरुल स्वदेशी उत्पादनकै रहेका छन । भारतीय तरुल करिव ४ प्रतिशत रहेको आकलन गरिएको छ । स्वदेशी उत्पादन सर्लाहीको ४९ प्रतिशत, धादिङको १३ प्रतिशत, सुनसरीको १३ प्रतिशत, चितवन ४ प्रतिशत नवपरासी साढे ३ प्रतिशत, मकावनपुरको ३ प्रतिशत, कार्भे २ प्रतिशत, झापाको २ प्रतिशत तनहुनको डेढ प्रतिशत गोर्खाको डेढ प्रतिशत तरुल आएको छ ।

प्रतिक्रिया