पोर्चुगलमा कोरोनाबाट २७ वर्षीय नेपाली युवकको मृत्यु

पोर्चुगल । कोरोना भाइरसबाट पोर्चुगलमा एक २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।

तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोरोना संक्रमणबाट ग्रसित भई आइसोलेशनमा उपचाररत भइहेको परिवार स्रोतले जनाएको छ ।

कोरोनाको कारण ज्यान गुमाउने उनी छैठौं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोरोनाका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ । राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए ।

प्रतिक्रिया