प्रतिनिधीसभा विघटनविरुद्ध कालिकोटमा विरोध प्रदर्शन

कालिकोट । असंवैधानिक कदम खारेज गर, प्रतिनिधीसभा पुनः स्थापना गर भन्दै कालिकोटमा असंवैधानिक अलोकतान्त्रिक प्रतिगमनकारी कदम विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीको अध्यक्षता, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्य तथा नेकपाका केन्द्रीय सदस्य रामदीप आचार्य र कर्णाली प्रदेश सरकारका सदस्य तथा नेकपाका कर्णाली प्रदेश सचेतक कुर्मराज शाहीको विशेष आतिथ्यतामा विरोध प्रदर्शन भएको हो ।

कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा रहेका नगर तथा गाउँकमिटीका नेता कार्यकर्तालगाएतको उपस्थितीमा करिव ७ हजार नेता कार्यकर्ता सहभागितामा विरोध प्रदर्शन भएको छ । संसद विघटनको विरोधमा मंगलबार प्रचण्ड–नेपाल समूहले कालिकोटमा ठूलो उपस्थितीमा विरोध प्रर्दशन गरेका हुन् ।

जिरो पोइन्टबाट सुरु भएको र्याली खाँडाचक्र मान्म बजार परिक्रमा गरी जिल्ला समन्वयको खुल्ला मन्चमा कार्यक्रम सुरु भएको हो । उक्त सभामा राष्ट्रियसभा सदस्य जीवन बहादुर बुढाकोसमेत उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य रामदीप आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुमा उनको ठूलो त्रुटी रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह ओलीलाई नसुहाउने बताए ।

नेकपा प्रचण्ड–माधव समुहले कालिकोटमा मात्र नभय देशभर आफ्नो शक्ति प्रदर्शन गरी आगामी चुनावमा केपी ओलीको सिट थोरै मात्रामा आउने र नेकपालाई बचाई राख्न प्रचण्ड–माधव समूह कहिल्यै नफुट्ने । कर्णाली प्रदेश सरकारका सचेतक कुर्मराज शाहीले असंवैधानिक कदम खारेज हुनुपर्ने बताउँदै माधव–प्रचण्ड पक्षले नै अब नेपालको विकास निर्माणदेखि पार्टी एकिकरणको नयाँ अभियान सफल पार्ने बताए ।

शाहीले प्रधानमन्त्री ओली र राष्ट्रपती भण्डारीले देशलाई जनताको अधिकार खोसेको बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टी बचाउन र देशको विकासका लागि मुख्यमन्त्री पदसमेत त्याग्न सक्ने बताए । कालिकोट जिल्लाबाट बालुवाटावरलाई सच्चीन समेत आग्रह उनले गरे ।

संवैधानिक अलोकतान्त्रिक प्रतिगमनकारी कदमले सिंगो मुलुकले नसोचेको र कल्पनासमेत नगरेको बाटोतिर लगेको बताउँदै मुख्यमन्त्री शाहीले प्रचण्ड–माधव पक्षले नै अब सिंगो मुलुकको विकास र राजनैतिक अवस्था सुधार्दै लैजाने बताए । पार्टीको अनुशासन उल्लंघन गर्दै स्वेच्छाचारी कदमचालेपछि यो पक्ष नराम्रो भएको नेकपाका नेता विश्वराज बमले बताए ।

नेकपाका अर्का नेता रमेश शाहीले संसद विघटनको विरोधमा कालिकोटमा गरेको विरोध सभामा प्रधानमन्त्री ओलीको आलोचना गर्दै ओलीले पार्टीलाई भर्याङ मात्र बनाएको टिप्पणी गरे । नेकपाका नेता कृष्णप्रसाद आचार्यले ओली जस्ता तानाशाहकै कारण सडकमा आउन बाध्य भएको भन्दै ओलीले लोकतन्त्रमाथि नै प्रहार गरेको बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया