कोभिड पुनरूत्थान कार्यक्रम ल्याउन माग

काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड पुनरुत्थान बिषेष कार्यक्रम ल्याउन सरकार संग माग गरेका छन ।  आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग महासंघका नवनिर्वाचित पदाधिकारीको भेटमा अध्यक्ष गोल्छाले सो माग गरेका हुन । सो अवसरमा महासंघको नयां नेतृत्वले निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्य सहितको भिजन पेपर तयारीमा लागेको जानकारी गराएको थियो । अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट वाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक भएकोमा पनि महासंघले जोड दिएको छ ।

साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वत चल्न सक्ने भन्दै सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको गोल्छाको भनाई थियो । उनले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने जानकारी समेत गराए ।  लाखौ यूवाहरू वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको भन्दै महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएकोमा पनि गोल्छाले जोड दिएका थिए ।

गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप विग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको पनि बताए । सो अवसरमा राष्टपति भण्डारीले महासंघको वर्तमान यूवा नेतृत्वलाई उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिएकी थिइन । चुलिदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरेको महासंघले बताएको छ । सबै कुरामा बाहय देशसंग निर्भर रहनु पर्ने अवस्था रहेको र यो अवस्थालाई ब्रेक गरी आफना लागि आवश्यक वस्तु आफै उत्पादन गर्नुपर्ने आवश्यकतमा राष्टपती भण्डारीले जोड दिएको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया