विराटनगर । कुष्ठरोगीको जीविकोपार्जन तथा सहयोगका लागि द लेप्रोसी मिसन नेपालद्वाराको सहयोगमा असोसिएसन फर आइडिया नेपालले परियोजना सञ्चालनमा ल्याएको छ । कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि कोभिड–१९ सहयोग नामक सो परियोजना प्रदेश–१ को मोरङ, सुुनसरी तथा झापा जिल्लामा बुधबारबाट सञ्चालनमा आएको हो । दुवैसंस्थाले विराटनगरमा एक कार्यक्रमको आयोजनागरी परियोजना सञ्चालनमा आएको जनाएका छन् । तीन जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिलाई स्वरोजगार बनाउन बिउ पूँजी तथा कुुष्ठरोगी र उनीहरूको परिवारको जीविकोपार्जनका निम्ति अनुदान रकम वितरण गर्ने, परिवारमा रहेका बालबालिकाको पढाइ तथा विद्यालय भर्नाका लागि शुल्क रकम सहयोग गर्ने जनाएको छ ।
त्यसैगरी परियोजनाले शैक्षिक सामग्री तथा खाद्यान्न तथा सरसफाइसम्बन्धी सामग्री वितरण गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्र्ने जनाएको छ । द ल्याप्रोसी मिसन नेपालका प्रदेश–१ का प्रमुुख विपिन दासले बताए । परियोजनाले जीविकोपार्जनमा सहयोग पुुर्याउन व्यवसाय सञ्चालनका लागि ४० जना कुष्ठरोगीलाई २५ हजारका दरले बिउ पूँजी वितरण गर्न लागेको उनले बताए । त्यसैगरी एक एक सय परिवारलाई खाद्यान्न, सरसफाइ तथा शैक्षिक सामग्री वितरण गरिने जनाइएको छ । पहिलो चरणमा मोरङ जिल्लाका २०, झापा र सुुनसरी जिल्लाका १२।१२ जना कुुष्ठरोगीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालनमा ल्याएको हो । एक वर्षसम्म सञ्चालन हुने सो परियोजनाले त्यसका लागि ३५ लाख ३० हजार बजेट लाग्ने जनाएको छ ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुलीले कुष्ठरोगीलाई लक्षित गर्दै ल्याइएको परियोजना अत्यन्त लाभदायी हुने भन्दै अति विपन्न र सिमान्तकृतवर्गहरूका लागि पनि परियोजनाले समेटनुपर्ने र त्यसका लागि सहकार्य गर्न महानगरपालिका तयार रहेको बताए । कुष्ठरोगीको संख्या के कति छन् त्यसको यकिन तथ्यांक संकलन गरेर उनीहरूलाई सहयोग गर्नसके कार्यक्रम थप प्रभाकारी हुने उनको भनाइ थियो ।
महानगरपलिकाका प्रमुुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले कुष्ठरोगीलाई पनि समाजमा अरू नागरिकसरह व्यवहार हुुनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुुख सरोज गौतमले कुष्ठरोगीको पहिचान गर्दै कार्यक्रम विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । द ल्याप्रोसी मिसन नेपालका निर्देशक शोभाकर कँडेल तथा आइडिया नेपालका प्रमुख अमर तिम्सिनाले कुष्ठरोगीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याएको र आगामी दिनमा सबै कुष्ठरोगीलाई समेटनेगरी कार्यक्रम ल्याउने बताए । कोभिडका कारण परेको प्रभावलाई न्यूनीकरण गर्न परियोजना सञ्चालनमा ल्याएकाले परियोजना सफल बनाउन स्थानीय तहका भूमिका महत्वपूर्ण रहने उनीहरूको भनाइ थियो । कार्यक्रमा सहभागीहरूले विभिन्न सुझावसमेत दिएका थिए ।
प्रतिक्रिया