‘पूँजीवादी समाजमा प्रगतीशील विवाह’

अर्घाखाँची । १० वर्षे जनयुद्धमा मुलुकको परिवर्तनका खातिर लड्दालड्दै युद्धकै क्रममा ०६१ सालमा सहिद बनेका अर्घाखाँचीका भीमबहादुर खड्काकी छोरी पुष्पा खड्का र कैलालीका श्यानसुन्दर सापकोटाका भाइ रोशन सापकोटा आइतबार वैवाहिक जीवनमा बाँधिएका छन् । बिहे गर्नका लागि वुटवलको एक होटलमा निकै साधा पोसाकमा बेहुलाबेहुलीसहित भण्डा ब्यानर, खादा र टीका मात्र लिएर नेकपाका केन्द्रदेखि जिल्लाका नेताहरू उपस्थित भए । उनीहरूले लामो समयपछि प्रगतिशील विवाहको आयोजना गर्न पाउँदा निकै खुसी लागेको बताए ।

करिब एकदशक यता कमै मात्रामा हुन थालेको प्रगतिशील विवाह अहिले यसरी नयाँ पुस्ताका युवायुवतीहरूले आप्mनै प्रस्तावमा गरिएको बिहे आपैmँमा प्रशंसनीय छ । यसरी युवाहरूमा प्रगतिशील भावनाको विकास भएकोमा खुसी लागेको सहभागीहरूले बताए । प्रगतीशील विवाह कार्यक्रमको प्रमुख अथिति एवं पूर्वसभामुख ओनसरी घर्तीले नवजोडीलाई सुखद् एवं सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै प्रगतिशील सोचविचारले नै समाजलाई बदल्ने बताइन् । नेकपा लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेकी घर्तीले पार्टीले सञ्चालन गरेको जनयुद्धको क्रममा सहिद बनेका दुवै सहिद परिवारका सदस्यहरूको विवाहले साच्चिकै बर्गीय भावना झल्केको बताइन् । उनले भनिन्, ‘म आज खुसी छु, हामीहरूले यसरी नै समाजलाई बदल्ने हो, गलतखालका पुँजीवादी संस्कृतिलाई हटाउनुपर्छ, विकृति विसंगति र परिवर्तनका खातिर लड्ने सहिदहरूको सपना पूरा गर्न यस्ता कार्यले थप सहयोग गर्नेछ, पार्टीले सधँै सहिद परिवारले प्रगतिशील कार्यमा साथ सहयोग गर्ने बताइन् ।

उक्त विवाहमा खुसी अनुहारमा उपस्थिति भएका दुलाहादुलहीले आपूmहरू जनयुद्धको प्रभावबाट नै प्रगतिशील बिहे गर्ने निर्णय गरेको बताए । उनीहरूले भने, ‘सहिद अभिभावकले देखाएको बाटोलाई जस्तोसुकै मूल्य चुकाएर भए पनि पूरा गर्ने भन्दै पँुजीवादी समाजमा प्रगतीशिल विवाह पनि एउटा क्रान्ति भएको वताए ।’

प्रगतिशील विवाहमा नेकपा केन्द्रीय सदस्य तथा संसदद्वय ददिराम न्यौपाने, वसन्त घर्ती, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन ढकाल, नेकपा रूपन्देही जिल्ला कमिटी सचिव निर्मल जिसी लगायतका नेताहरूले सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेका थिए । प्रगतिशील विवाहमा केटी पक्षको तर्फबाट आमा रीता खड्का र केटा पक्षको तर्फबाट दाजु अर्जुन सापकोटाले मन्तव्य राखेका थिए ।

औपचारिक रूपमा सञ्चालन भएको प्रगतिशील विवाह कार्यक्रमको नेकपा अर्घाखाँची जिल्ला सचिव तथा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुरकुमार विकको अध्यक्षता, नेकपा जिल्ला सदस्य तथा केटीका दाजु विशाल खड्काको सञ्चालन तथा झविन्द्र थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

पछिल्लो समय सामाजिक संस्कारको हवला दिँदै पुँजीवादी चिन्तन बोकेका व्यक्तिहरू कसैले सकेर त कसैले वाध्यताले निकै तडकभडक, महँगो र भड्किलो बिहेहरू भइरहेको देखेका छौँ । हाम्रो समाजका आर्थिक अवस्था कमजोर हुने परिवारलाई यस्तो खालको सामाजिक संस्कृतिले निकै समस्या पार्दे आएको धेरैले बताउँछन् यस्तो खालको संस्कारलाई चुनौती दिने प्रगतिशील विवाहले वर्गीय समानताको भाव बोकेको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया