काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल) को निधन भएको छ । सोमबार बिहान काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हाे ।
नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले गत वर्ष मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने बिपी कोइराला राष्ट्रिय पुरस्कार पाएका थिए ।
उनलाई सरकारको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार राजनीतिक दर्शनतर्फ पुरस्कृत गरिएको थियो । उनका दुवै छोराहरू देश बाहिर भएकाले स्वदेश फर्किएपछि मात्रै अन्तिम संस्कार गर्ने तयारी रहेको केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिइन् ।
प्रतिक्रिया