पाँचथर । हेवाखोलामा निर्माण हुँदै गरेको ‘मोडुलर ब्रिज’ भाँचिदा तीन जना मजदुरको मृत्यु भएको छ ।
मेची सडकअन्तर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज वारी–पारी जोड्ने क्रममा शनिबार भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदारहरुमध्ये आइतबार उपचारको क्रममा तीन जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिए ।
मुत्यु हुनेमा वर्ष २२ का रुपलालाल चौधरी, वर्ष २२ का राजा चौधरी र वर्ष २२ का रोकेश चौधरी रहेका छन् । मृतक सबै बारा जिल्ला सिमरा उपमहानगरपालिका– १२ का हुन् ।
मृतक सबैलाई शनिबार राति पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि वीराटनगरको नोवेल अस्पतालमा रेफर गरिएको थियो । तर उनीहरुको उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव वीराटनगरको नोवेल अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिषेक चौधरी रहेका छन् । उनीहरुको हाल उपचार भइरहेको बताइएको छ । शनिबार ७० मीटर लामो सिंगल स्पानको मोडुलर ब्रिज जडान गरी वारपार गर्ने क्रममा भाँचिएको हो । नेपालमा पहिलो पटक ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भइरहेको थियो ।
नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुललाई बिचमा कुनै सर्पोट गर्ने पिल्लरविना निर्माण भइरहेको थियो ।
पक्की पुल बगाएर बनाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण कार्य भइरहेको थियो । वर्षाको बाढीले २०८० सालमा पुल बगाएको थियो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढीले बगाएको थियो ।– तस्विर, डेविड ओझा
प्रतिक्रिया