खोजखबर

हुम्ला जिप दुर्घटना : मृतक चारैजनाको सनाखत

सौर्य अनलाइन २०७७ मंसिर २० गते ८:१४ मा प्रकाशित

हुम्ला । सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति भएको दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ । शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको जिप दुर्घटनामा परी एक महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।

दुर्घटनामा परी एक वर्षको बच्चासहित सातजना घाइते भएका छन्। घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ का प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन्।– रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय