ज्योतिको ‘स्क्यान एन्ड विथ ड्र’ सेवा

काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ ड्र’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकको मोबाइल फोनमा भएको ज्योति ‘स्मार्ट एप’मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी खाताबाट सजिलै रकम झिक्न सकिने गरी उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाअन्तर्गत अब बैंकका ग्राहकले बैंकको काउन्टरमा गई चेकबिनै आप्mनो खाताबाट पैसा झिक्न सक्नेछन् । बैंकले उक्त सेवा देशभरीका १ सय ५ ओटा शाखाबाट एकैपटक सुरुआत गरेको छ । हाल बैंकले १ सय ५ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३४ अर्व ६० करोड लगानी गर्न सफल भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया