पशुपतिनाथ मन्दिरमा एभरेस्ट बैंकको वातावरणमैत्री शवदाह गृह

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ । जस्ले वातावरणमा पुग्नुअघि सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदूषण नियन्त्रण गर्न मद्दत गर्नेछ ।

सो शवदाह गृह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीद्वारा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई अन्य प्रमुख अतिथिको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

बैंकले सधैँ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको र यसको सिएसआर गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको पनि बैंकले जनाएको छ । स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन् । देशभर छरिएर रहेको आफ्नो ९८ शाखा संजाल, प्रादेशिक कार्यालय, एटिएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले सरकारको राजस्व संकलनको लागि ३० वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया