बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

रुपन्देही । बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ ।

राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नंको स्कुटरलाई आज मध्याह्न ठक्कर दिँदा बुटवल–८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया