यतीको पर्वतीय उडान

काठमाडौ । यती एअरलाइन्सले माउन्टेन फ्लाइट ( पर्वतीय उडान) सुरु गर्ने भएकोल छ । उस्ले एक टिकट किन्दा अर्को सित्तैमा दिने जनाएको छ । आउँदो सनिबारबाट यतिले माउन्टेन फ्लाइट पुनः सुरु गर्ने भएको हो । केही समयअघि यतिले आन्तरिक पर्यटकीय गतिविधि बढाउन विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको थियो । ‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने नारासहित माउन्टेन फ्लाइट गर्न लागेको कम्पनीले बताएको छ ।

नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन । यतीले नेपाली यात्रुका लागि आठ हजार नौ सय ९९ र नेपालमा बस्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि १३ हजार ४ सय ९९ रुपैयाँमा दुईवटा टिकट दिने बताएको छ ।

यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा संगै रहेको सिटको अर्को टिकट निःशुल्क पाउनेछन । एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहेका प्रवक्ता बर्तौलाले उच्च सर्तकता अपनाएर पर्वतीय उडान सुरु गरिने बताए । ‘हामीले पर्यटन गतिविधि बढाउन यो आकर्षक प्याकेज ल्याएका छौं । यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लमको साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नेछन’ उनले भने ।

प्रतिक्रिया