प्रभु लाइफलाई सेयर निस्कासन अनुमति

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

प्रमु लाइफको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया