कास्कीको ट्राफिक प्रहरीमा ग्लोबल आइएमईको काउण्टर

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एस.पी. प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पी. जीवन कुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका ९, नयाँ बजार स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकलाई बैंकिग सेवा प्रदान गर्ने प्रयोजनार्थ एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाका पहुँच पु¥याउने उद्देश्यले ७३ जिल्लामा फैलिएको २ सय ६४ शाखा सहित २ सय ३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि,सम्र्पक कार्यालय मार्फत २१ लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया