प्रेमको विज्ञान : यथार्थ दृष्टिकोण

मिलन आफन्त

हामीलाई अचम्म लाग्न सक्दछ, हामीले प्रेमलाई भगवानको देन झैँ पुज्ने गर्दछौँ तर प्रेम विज्ञानको कमाल हो । प्रेम विज्ञानको अर्थ स्पष्ट पार्दा अझ खुलाउने कुरा यो छ कि शरीरमा उत्पन्न अक्सिटोसिन हार्माेन हो, जुन नारी (प्रेमिका) तथा पुरुष (प्रेमि) को मिलनको समयमा प्रभाह हुन्छ । यो हार्मोन हाइपोथाल्मस ग्रन्थीबाट उत्पन्न हुन्छ ।

प्रेमलाई विशेष गरी दुई आत्माको मिलन मानिन्छ । प्रेमबारे कवि, उपन्यासकार, गितकार, लेखक, दार्शनिक र मनोवैज्ञानिकहरूले आ–आफ्नै धारणा व्यक्त गरे पनि विज्ञानको नजरमा प्रेम केवल मानिसको शरीरमा प्रवाह हुने केही रासायनिक अणुको एक नृत्य मात्र हो । यो लेखमा हामीले प्रेमको विज्ञानको विषयमा यथार्थ दृष्टिकोण प्रस्तुत गर्ने जमर्को गरेका छौँ ।

प्रेमलाई शारीरक्रिया विज्ञान, जीव विज्ञान, रसायनशास्त्र, स्नायु विज्ञानको अध्ययन–अनुसन्धानबाट नविनतम् रूपमा बुझ्न थालिएको छ । वैज्ञानिक दृष्टिकोणबाट प्रेम एउटा शारीरिक, रासायनिक एवं भावनात्मक उपायद्वारा एउटा प्राणीको प्रजातिलाई क्रियाशील, जीवन्त तथा निरन्तर रूपमा सन्तान उत्पादन गर्न अभिप्रेरित गर्ने प्रकृतिको अनुपम तथा रमणीय उपहार हो ।

जब हामी किशोर उमेरबाट जवान उमेरमा प्रवेश गर्न थाल्छौँ, हामी प्रेम गर्न एउटा साथीको खोजीमा लाग्दछौँ । यो पनि प्रकृति विज्ञानको एक जादु हो । प्रकृतिले आफ्नो महा–योजनाअन्तर्गत मस्तिष्कबाट विशेष रसायनहरूको सम्मिश्रण प्रवाह गरेर हामीलाई प्रेममा आशक्त हुन बाध्य पार्दछ । हामी खुसीखुसी प्रकृतिको प्रेमबाट योजनाको जालमा फस्न पुग्दछौँ र हामीलाई ज्ञानै हँुदैन । प्रकृतिले कसरी हामीलाई ‘प्रेमरुपी नृत्यमा’ नचाइरहेको हुन्छ । तसर्थ प्रेममा प्रकृति विज्ञानको ठूलो महत्व छ ।

प्रेमी प्रेमिकाको आँखा जुधाइसँगै हाम्रो मष्तिष्कमा १२ वटा भाग एकसाथ सक्रिय भएर थरी–थरीका रसायन तथा हार्मोनहरू प्रवाह गर्न थाल्दछन् र केवल शून्य दशमलव दुई सेकेन्डमै प्रेमानुभूति हुन्छ । यस क्रममा हाम्रो शरीरमा डोपामिन, अक्सिजन, एन्डे«नलिन तथा भ्याक्सोप्रेसिनजस्ता रसायनको प्रवाह हुनुका साथै मष्तिष्कमा अन्य जटिल प्रक्रियाहरू प्रारम्भ भएर रासायनिक तथा शारीरिक प्रक्रियाको संयोजनबाट शरीरमा ‘प्रेम औषधि’ निर्माण भई मानिस ‘प्रेम रोग’ बाट ग्रसित हुन्छ । यसबाट प्रेम विज्ञानको एक रहस्य उद्घाटित हुन्छ ।

हामीलाई थाहा भएकै कुरा हो, प्रेमको अवस्थामा भोक, प्यास हराएर जान्छ, निन्द्रा पनि कम लाग्न थाल्दछ । यो सबै हार्मोनको प्रभावले गर्दा भएको हो । प्रेमको हर क्षेत्रमा प्रेमको विज्ञानले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जब प्रेमि प्रेमिका प्रेममा लिप्त हँुदै जान्छन् । यस्तो अवस्थामा प्रेमि, प्रेमिकाहरूको तनावप्रतिको संवेदनशीलता बढ्छ । रगतमा एड्रेनलिन तथा करटिसोलको मात्रा बढ्नाले शरीरमा पसिना आउने तथा हृदयको ढुकढुकी बढ्न थाल्छ । डोपामिनले प्रेममा अशक्त व्यक्तिहरूमा आनन्दको प्रत्याभूति गरेर इच्छाहरू जागृत गर्दछ ।

प्रेमी प्रेमिकाहरू एकअर्काप्रति आकर्षित हुनु प्रेमको विज्ञानको करामत हो, यो कुनै बनावटी खेल होइन । सेरोटोनिन प्रेममा आशक्त गराउने सबैभन्दा महत्वपूर्ण ‘न्यूरो ट्रान्समिटर’ मानिन्छ । यसको प्रभावले मानिस अस्थायी रूपमा ‘पागल’ जस्तो हुन थाल्दछ र प्रेमिलाई सदैव आफ्नो प्रेमिका र प्रेमिकालाई प्रेमीको सम्झनाले सताइरहन्छ । सेरोटोनिन रसायनले प्रेममा आशक्त व्यक्तिको सोच नै परिवर्तन ल्याइदिन्छ । उनीहरू आफ्नो सम्बन्ध, प्रेम अन्यभन्दा पृथक र विशिष्ट रहेको अनुभूति गर्न थाल्दछन् । यी सबै रासायनिक प्रभावले गर्दा मस्तिष्क तथा अन्य शरीर प्रणालीको बीचमा एउटा संकेत प्रभावको चक्र सिर्जना हुन थाल्छ । शरीरमा अवस्थित केन्द्रीय स्नायु प्रणाली तथा रक्त प्रवाहमा उपस्थित न्युरोट्रान्समिटरले संयुक्त रूपमा शरीरका विभिन्न अंगजस्तै छाला तथा प्रेमसँग सम्बन्धित अन्य अंगहरूमा रासायनिक संकेतहरू प्रवाह गर्न थाल्दछन् । ती प्रेममय संकेतहरूका कारण यी अंगहरूमा आनन्दको प्रवाह हुन थाल्छ र यो आनन्दमय संकेतलाई ती अंगहरूले पुनः मस्तिष्कमा पु¥याउँदछन् । तसर्थ ब्यक्तिले प्रेमको मजा लुट्न सफल हुन्छ ।

हामीलाई अचम्म लाग्न सक्दछ, हामीले प्रेमलाई भगवान्को देन झैँ पुज्ने गर्दछौँ । तर प्रेम विज्ञानको कमाल हो । प्रेम विज्ञानको अर्थ स्पष्ट पार्दा अझ खुलाउने कुरा यो छ कि शरीरमा उत्पन्न अक्सिटोसिन हार्माेन हो, जुन नारी (प्रेमिका) तथा पुरुष (प्रेमि) को मिलनको समयमा प्रभाह हुन्छ । यो हार्मोन हाइपो थाल्मस ग्रन्थीबाट उत्पन्न हुन्छ । यो हार्माेनले आनन्द र प्रेम मात्र प्रवाह गर्दैन अन्य समाजिक भावनाहरू जस्तै ईष्र्या, द्वेष तथा शंकाजस्ता क्रियाकलापको पनि वृद्धि गर्दछ । जसले गर्दा प्रेममा कटुता पनि आएको हो । त्यसैगरी भ्यासोप्रेसिन पनि लामो समयसम्म प्रेममय बन्धन निर्माण गर्ने अर्काे महत्वपूर्ण हार्मोन हो । हामीहरू यिनै ‘प्रेम हार्माेन’ को प्रवाहसँग प्रेम संसारमा रमाइरहेका छौँ । यसरी प्रेममा विज्ञानले खेलेको चमत्कारबारे हामी प्रष्ट हुन सक्छाँै र यो नै प्रेमको विज्ञानको यथार्थ दृष्टिकोण हो ।

प्रतिक्रिया