उपाय सर्भिसेजको एप संचालनमा

काठमाडौं । उपाय सर्भिसेज लिमिटेडले बिहीबारदेखि आफ्ना सेवाग्राही तथा कम्पनीमा आबद्ध व्यक्तिको सहजताका लागि एप सञ्चालनमा ल्याएको छ । कम्पनीले उपाय सर्भिसेज र उपाय प्रोफेसनल नामक एप सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख गरेको छ । यी एप गुगल प्ले स्टोर तथा आईओएसको एप स्टोरबाट निःशुल्क रुपमा डाउनलोड गर्न सकिनेछ । यी एपमार्फत सेवाग्राहीले सहज रुपमा कम्पनीले प्रवाह गर्दै आएको सेवाहरु प्राप्त गर्न तथा कम्पनीमा आबद्ध सबैले छिटो र पारदर्शी रुपमा सेवा लिन सक्नेछन् ।

यस किसिमको एप नेपालका लागि पहिलो भएको र यसमार्फत सेवा लिँदा सेवाबारे सबै जानकारी सहजै पाउने कम्पनीका महाप्रबन्धक राजु केसीले बताए । वर्तमान विज्ञान र प्रविधिको युगमा सबै क्षेत्रमा प्रविधिको प्रयोग बढीरहेको र कानुन, लेखा तथा वित्तीय क्षेत्रमा समेत यसको विकास गर्नुपर्ने आवश्यकता महसुस भई उपाय सर्भिसेज लिमिटेडले यस्तो एपको विकास गरेको जानकारी कम्पनीका सञ्चालक, चार्टर्ड एकाउन्टेन्ट रन्जीव श्रेष्ठले प्रस्ट पारेका थिए ।

उपाय सर्भिसेजले कम्पनी रजिस्ट्रारको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, मालपोत कार्यालयलगायत विभिन्न सरकारी कार्यालयसँग सहकार्य गरी सरल र सजिलै बुझ्न सकिने किसिमका सूचना मुलक भिडियो सामाग्री निर्माण गरिरहेको छ ।

प्रतिक्रिया