चन्द्रगिरि हिल्सको स्थानीयलाई आईपीओ

काठमाडौं । चन्द्रागिरि हिल्सले १७ मंसिर देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा परियोजना सञ्चालन रहेको स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ तथा मकवानपुरको थाहा नगरपालिका ९ र १० र इन्द्रसरोवर गाउँपालिका ५ का स्थानीयले मात्रै पहिलो चरणमा आवेदन दिन पाउनेछन् ।

उक्त कम्पनीको सेयरमा लगानी गर्न चाहाने स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम् ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा १ पुससम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्कासनमा ल्याएको सेयर बिक्री नभएमा ढिलोमा १६ पुस सम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । व्यावसायिक घराना आईएमई समूहको प्रवद्र्धनमा सञ्चालित कम्पनीले काठमाडौंको चन्द्रगिरि नगरपालिकामा केवलकार र रिसोर्ट सञ्चालन गरिरहेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले २८ कात्तिकमा स्थानीय र सर्वसाधारणका लागि गरी कुल १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया