‘लकडाउन डायरी’ बजारमा

काठमाडौं । लेखक सूर्यवदना पण्डितद्वारा लिखित पुस्तक ‘लकडाउन डायरी’ बजारमा आएको छ । नेपाल सरकारका पूर्वउपसचिव पण्डितको उक्त कृतिको शनिबार साहित्यकार डा.बमबहादुर जितालीले विमोचन गरे । लेखकको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त पुस्तकमा कोरोना कहरको विषयलाई उधिनिएको छ । लकडाउन डायरीमा कोरोना महामारीका कारण लेखकले देखेभोगका कठिनाइ, अनुभव तथा अनुभूतिलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्जाङमा जन्मिएर हाल काठमाडौंको बालाजु, टौडोल बस्दै आएकी उनको यसअघि पनि ३ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया