कामना सेवा बैंक सम्मानित

काठमाडौ । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/७७ मा मध्यम स्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यो वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाता मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । बैंकले आ.व.२०७४/७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सो सम्मान प्राप्त गरिसकेको छ ।

आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधामा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ । राज्यप्रतिको जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्रको निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु¥याउने लक्ष्य सहित स्थापित यो बैंकलाई राज्यद्वारा प्रदान गरिएको सम्मानले अझ बढि हौसला प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया