सेन्चुरीको अनलाइन एकाउन्ट सेवा

काठमाडौ । सेन्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरूप ग्राहकको सेवालाई ध्यानमा राखी सेन्चुरी सहज खाता र सेन्चुरी क्लिक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । ग्राहकले घरमै बसेर शून्य मौज्दातमा खोलिने सो खातामा बैंकले वार्षिक ५ दशलमव ५० प्रतिशतको दरले त्रैमासिक रूपमा ब्याज भुतmानी गर्नेछ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने सो खाता डिजिटली खुल्ने र ग्राहक बैंकमा उपस्थित हुनुनपर्ने हुँदा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सो बचत खाता प्रवद्र्धनका निम्ति बढी ब्याजदर दिइएको हो ।

सेन्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै सो खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरीपेमार्फत वालेटको कारोबारसमेत गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकवर्गले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । सो खातामा वार्षिक १ लाखसम्म कारोबार गर्न सकिनेछ ।

सेन्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नको साथै सो खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । सो खातामा वार्षिक १५ लाखसम्म कारोबारसमेत गर्न सकिनेछ । विशेषगरी विदेशमा रहेका नेपालीलाई लक्षित गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । सो खाता खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा इमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ ।

प्रतिक्रिया