बैंकको आधारदर १० प्रतिसत भन्दा न्युन

काठमाडौं । संचालनमा रहेका सबै बाणिज्य बैकको आधार दर १० प्रतिसत भन्दा न्युन रहेका छन । बैकसंग स्रोतको उपलब्धता बढेसँगै आधारदर घटेको हो । आधार दर घटेसँगै बैकको कर्जामा प्रबाहित हुने व्याज पनि घटेको छ ।  बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको साउन देखी असोज सम्मको त्रैमासीक अवधिको वित्तिय विवरणले आधार दर सगै कर्जा दर पनि घटेको देखाएको छ । सबैभन्दा सस्तो ब्याजदर हुने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नबिल र नेपाल बैंक रहेका छन ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५ दशलमव ७४ प्रतिशत रहेको छ । त्यस्तै एनआइसी एसियाको ६ दशमलब ५०, स्ट्याण्डर्ड चार्टर्ड बैकको ६ दशमलब ६१, नबिलको ६ दशमलव ६८ र नेपाल बैंकले ६ दशलमव ८१ प्रतिशत आधार दर निर्धारण गरिएको छ । आधार दरमा १ देखि २ प्रतिशत सम्म प्रिमियम जोडेर बैंकहरुले ब्याजदर निर्धारण गर्ने गरेका छन । बैंक्हरुले आधार दर तय गर्दा उनीहरुको निक्षेप संकलन लागतमा ओभरहेड खर्चको ८० प्रतिशत साथै शुन्य दशमलव ७५ प्रतिशत नाफा राखेर तय गर्ने परिपाटी रहेको छ । सरकारी ऋणपत्रमा बैंकहरुले प्राप्त गर्ने प्रतिफल निक्षेपमा दिने ब्याजदर भन्दा कम छ भने त्यो कमी पनि उनीहरुले आधार दर तय गर्दा नै जोड्ने गरेको पनि बैकर्सहरुले बताएका छन ।

सबैभन्दा उच्च आधार दर हुनेमा नेपाल बंगलादेश बैंकको ९ दशलमव ८७ प्रतिशत, सिभिल बैंकको ८ दशमलब ८८, सिटीजन्स बैंकको ८ दशलमव ८१,सेञ्चुरीको ८ दशलमव ६८ र एनसीसी बैंकको ८ दशलमव ६३ प्रतिशत रहेको छ । कोरोना संक्रमणको कारण लकडाउन र निषेधाज्ञाका कारण व्यवसायिक गतिविधि खुम्चिएको अवस्थामा पहिलो त्रैमासीक अवधिमा कर्जाको मागमा गत वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढीले गिरावट आएको पनि वित्तीय बिवरणले देखाएको छ ।

तर कार्तिक देखि ऋण प्रवाहमा सुधार आएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताएका छन । कर्जा वृद्धिदर स्थिर भएपनि पनि कार्तिकबाट ऋणको माग बढ्न थालेको दाहालको भनाई छ । कोरोना संक्रमणको कारण व्यवसायिक गतिविधिमा आएको सुस्तता, कतिपय साना, मझौला व्यवसाय बन्द हुन सक्ने भन्दै सरकारले उनीहरुलाई बचाउन नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण पुनःकर्जा स्वरुप रकम उपलब्ध दुई अर्ब रुपैँया उपलब्ध गराएको छ । व्यवसायिक निरन्तरताका लागि ५० अर्ब रुपैँयाको सहुलियत कर्जा कोष सञ्चालनमा ल्याएपनि व्यवसाय गर्न सहज वातावरण नहुँदा कर्जाको माग हुन सकेको छैन । कर्जा मागमा कमी र सस्तो कर्जाको उपलब्धता अधिक भएपछि बैंकहरुले आफ्ना नियमित कर्जाका विभिन्न स्कीममा ब्याजदर घटाउन बाध्य भएका हुन ।

प्रतिक्रिया