देशका विभिन्न स्थानबाट २४ जना जुवाडे पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट २४ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार तनहुँको ब्यास नगरपालिका–१३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेका राना समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र नगद २६ हजार २ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको छ ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका– ८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका गडतौला समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र उनीहरु सवार सवारीसाधन समेत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया