मत-विमत

यसरी हुन्छ क्लिनफिड कार्यान्वयन…

कोशिक नवराज २०७७ कार्तिक २८ गते ७:३५ मा प्रकाशित

कोशिक नवराज

विदेशी च्यानलमा विज्ञापन प्रसारण हुन छोड्दैमा विदेशी मल्टिनेसनल कम्पनीहरू एड एजेन्सीहरू नेपालमा पैसाको झोला बोकेर पक्कै आउँदैनन् होला उनीहरूले पनि नेपालमा शिक्षा, साक्षरता, टेलिभिजनमा पहुँच पुगेको जनसंख्या, विज्ञापनको प्रभाव, मोडलिङको अवस्था र सामान बिक्रीको अवस्था लगायतका विषयमा अध्ययन त पक्कै गर्छन् होला ।

वर्तमान परिदृश्य
साविकमा विदेशी टेलिभिजन च्यानलहरूले नेपालमा च्यानल प्रसारणको अनुमतिपत्र लिन परेमा निश्चित विधि प्रक्रिया थियो । च्यानलको प्रसारण संस्था रहेको देशको प्रसारण संस्थाले दिएको अनुमतिपत्रको प्रतिलिपी लिएर साविक मन्त्रालय र हाल विभागमा निवेदन दिएमा सजिलै डाउनलिंक लाइसेन्स पाउने व्यवस्था रहेको थियो भने पछिल्लो समय नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू विज्ञापन समावेश हुने निःशुल्क, सःशुल्क के हो सो खुलाउने अनि विभागले अनुगमन गरेपश्चात मात्रै लाइसेन्स पाउने गरेका थिए । यसका साथै उनीहरूले नेपालमा सिग्नल वितरक गर्ने आधिकारिक सम्पर्क व्यक्ति वा संस्थामार्फत गर्ने हो वा नेपालमा सञ्चालित क्वाम र डिजिटल केबलहरूसँग डाइरेक्ट सम्झौता गरी सञ्चालन गरी सञ्चालन गर्ने सोसमेत खुलाउन पर्ने व्यवस्था गरियो । यसरी विदेशी टेलिभिजन च्यानलहरूले आफ्नो मुलुकबाट स्याटेलाइटमा अपलिंक हुने र नेपालमा क्वाम, छाता लगायतका उपकरणका साथै इन्कोडर र डिकोडर राखेर डाउनलिंक गर्नपर्ने यसरी डाउनलिंक गरे पश्चात सो सिग्नल डिजिटल केबलहरूको जाने डिजिटल केबलहरूले लोकल केबल अपरेटर- LCO हुँदै ग्राहकहरूको घरघर पु¥याउने ग्राहकहरूले घरमा सेटअप बक्स राखेर विदेशी च्यानलको मनोरञ्जन लिँदै आएका थिए । यसरी विदेशी च्यानलहरू ग्राहकको घरमा पुग्न कम्तिमा ५/६ स्टेपको प्रक्रिया पार गर्नुपर्ने व्यवस्था थियो ।

विदेशी टेलिभिजन च्यानल 
विदेशी च्यानलहरूको केही कुरा साविक सरह नै छ । उनीहरूले आफ्नो प्रसारण केन्द्र रहने मुलुकको प्रसारण मन्त्रालयबाट अनुमतिपत्र लिन्छन् । उनीहरूले आफ्नो च्यानल स्याटेलाइटका लागि अपलिंक गर्छन् यतिसम्म त ठीक छ मतलव उनीहरूले आफ्नो देशमा त विज्ञापन प्रसारण गर्दै कार्यक्रम देखाउनका लागि कुनै रोकटोक नहुने नै भयो । अब उनीहरूले स्याटेलाइटका लागि छोडेको च्यानलमा पनि विज्ञापनसहित अपलिंक हुने नै भयो अब सो च्यानल नेपालमा इन्कोडर डिकोडर, क्वाम, छाता लगायतका उपकरणहरूको सहयोगमा डाउनलिंक गर्नुपर्ने हुन्छ ।

नेपालमा डाउनलिंक हुँदा क्लिनफिड नहुने नै भयो अर्थात् विज्ञापनसहित डाउनलिंक हुने भयो अब नेपालमा विज्ञापन नियमन गर्ने ऐन लागू भयो अर्थात विज्ञापनसहित डाउनलिंक गरे पनि त्यो च्यानल वितरण गर्दा विज्ञापन कटाएर मात्रै वितरण गर्नपर्ने भयो । यसका लागि नेपालमा विदेशी च्यानलको डाउनलिंक गर्न अनुमतिपत्र पाएको आधिकारिक वितरक वा व्यक्तिले प्रत्येक च्यानल PIRD -professional integrated receiver/decoder मा हालेर विज्ञापनको ठाउँमा खालि राखेर वा कट्टा गरी आउटपुट दिँदा विज्ञापनरहित बनाएर मात्रै ग्राहकहरूलाई दिन पर्यो र सो कुरा विभागले पनि IP Link  मार्फत मनिटरिङ गरिहरेको हुन्छ । अर्थात PIRD सम्म विदेशी मुलुकको जस्तै FEED आउने भयो अर्थात input सम्म विज्ञापनसहित, PIRD मा Process पश्चात Output नतिजामा चाहिँ क्लिनफिड हुन पर्यो । यसको लागि PIRD च्यानलवालाकै हातमा हुने भयो । अर्थात कन्ट्रोल र कमान्ड विदेशी च्यानलका मालिकसँग हुने भयो मात्रै PIRD नेपालमा रहेन भयो अनि नेपालमा PIRD रुघेर बस्नेले विज्ञापन आउने वेलामा कुनै संकेत पाउने भयो तर संकेत पाएर पनि गर्न सक्नेचाहिँ केही भएन ।

प्रसारण विभागः
सूचना तथा प्रसारण विभागको प्रमुख कार्य भनेको क्लिनफिडको मनिटरिङ गर्ने नै हो । यसका साथै विभागले नेपालमा सञ्चालन हुन चाहने विदेशी च्यानलहरूलाई डाउनलिंकको लाइसेन्स प्रदान गर्दै आएको देखिन्छ । पछिल्लो समय राष्ट्रपतिबाट विज्ञापन नियमन गर्ने ऐन,२०७६ पारित भए पश्चात विभागले नेपालमा प्रसारण हुन चाहने विदेशी टेलिभिजन च्यानलहरूलाई समेत अनिवार्य क्लिनफिड हुनपर्ने नत्र डाउनलिंक लाइसेन्स नै नदिने गरी कडाइ गरिरहेको अवस्था थियो भने गत असारमा नवीकरणको समयमा २०७७ कार्तिक ७ अर्थात क्लिनफिडको समयमा क्लिनफिड हुने भनी प्रतिवद्वता गराएर मात्रै नवीकरण गरेको थियो । यसका साथै विभागले २४ घण्टा नै मनिटरिङ गर्न भनी विभागमा ८ वटा टेलिभिजन स्क्रिनहरू जोडेर मनिटरिङको संयन्त्र जडान गरिसकेको छ । जसमा नेपालमा टेलिभिजन च्यानल वितरण गर्ने (स्वदेशी र विदेशी) सबै MSO, DTH, IPTV, MMDS, DTTB लगायत अन्य सञ्चार माध्यमहरूलाई तिनिहरूले टेलिभिजन वितरण गर्ने अन्तिम IP Link विभागलाई उपलब्ध गराउन निर्देशन दिइसकेको र उनीहरूले Provide गर्ने IP Link विभागको मनिटरिङ सर्भरमा जडान गरी कुन वितरक (MSO, DTH, IPTV, MMDS, DTTB) हरूमा उपलब्ध हुने टेलिभिजनहरूको सम्पूर्ण विवरण विभागमा पनि राख्ने गरी सर्भर सिस्टम विकास गरिसकेको छ । यसरी प्राप्त सर्भर सिस्टम विभागले २४ घण्टा नै मनिटरिङ गर्न सक्ने र अनुमतिपत्रमा उल्लिखित शर्तका साथै विभागले समय समयमा दिएका निर्देशनहरू पालना गर्नुपर्ने अन्यथा भएमा विभागले मनिटरिङ कक्षबाटै सचेत गराउन, च्यानल प्रसारण कट अफ गर्न सक्ने व्यवस्था गरेको देखियो ।

विज्ञापन बोर्डः
नेपालको विज्ञापनसम्बन्धी सम्पूर्ण कार्यको मनिटरिङ गर्ने, नीति निर्माण गरी कार्यान्वयन गर्ने साथै प्रचलित कानुन विपरीत साथै सरकारले प्रसारण गर्न रोक लगाएका विज्ञापनहरू प्रसारण भएमा कानुनबमोजिम कारबाही गर्न साथै सरकारी निकायहरूबाट वितरण हुने विज्ञापनहरू एकद्वार प्रणालीबाट वितरण गर्ने मुख्य उद्देश्यले विज्ञापन बोर्ड गठन गर्न लागिएको देखिन्छ । जसको कानुनी आधारको रूपमा विज्ञापन नियमन गर्ने ऐन क्रियाशील रहेको साथै नियमावली पनि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस भएको देखिन्छ । नेपालको विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पु¥याउने साथै विदेशी च्यानलहरूले विज्ञापन प्रसारण गरेमा सोलाई कारबाही गर्ने अधिकार पनि बोर्डलाई रहेको देखिन्छ ।

केबल टेलिभिजन महासंघ 
नेपालमा टेलिभिजन व्यावसायीहरूको हकहित संरक्षण र प्रवर्धन गर्न भनेर करिब आधा दर्जन जति महासंघहरू सक्रिय रहेका छन् । यस्ता महासंघहरूको मुख्य कार्य भनेको आफ्ना सदस्य टेलिभिजन च्यानलहरूको बजार विस्तार गर्ने साथै प्रसारणसम्बन्धी समस्या र अवरोधलाई निराकरण गर्दै लैजाने साथै सरकारलाई टेलिभिजन र प्रसारण सम्बन्धमा नीति निर्माण गर्दा मागेको खण्डमा सुझाव र सल्लाह दिने गर्दै आएका छन् । केबल टेलिभिजन व्यावसायीहरूले ०७३/७४ तिर क्लिनफिड हुनपर्छ भनेर सरकारले प्रस्ताव ल्याउँदा उक्त प्रस्ताव तुहाउने सम्मको कार्य गरेकै हुन् । तर, अहिले स्थिर सरकारका अगाडि झुक्न वाध्य भएका छन् तर यसको यो मात्रै कारण नहुन सक्छ २०७३ पश्चात हालका दिनसम्म करिब सयभन्दा बढी टेलिभिजन च्यानलहरूले प्रसारणको अनुमतिपत्र लिइसकेका छन् । भने भोलि क्लिनफिड भएर विदेशी च्यानल घट्दा सोमा आउने विज्ञापनहरू आफ्नोमा आउन सक्ने भनेर मुख बाएर बसेका छन् भने अर्को कुरा हरेक टेलिभिजन व्यवसायीहरू कुनै न कुनै रूपमा विज्ञापन एजेन्सी र महासंघसँग जोडिएका छन् ।

अर्को कुरा पछिल्लो समय नेपालमा राष्ट्रवाद मौलाएको सोही समयमा भारतीय मिडियाहरू गोदीमिडिया बन्दै नेपालको राष्ट्रियता र साम्प्रदायिकतामा खलल पर्ने गरी प्रस्तुत हुन थालेका कारण विगतमा क्लिनफिड हुन हँुदैन भनेर च्यानलहरू काटेर ब्ल्याक डाउन गर्ने केबल महासंघ र यसका पदाधिकारीहरू सरकारका सामु लतारिन वाध्य भएको जो कोहीले पनि सजिलै बुझ्न सक्छ । यसका साथै टेलिभजन महासंघले आफ्ना सदस्यहरूलाई क्लिनफिड पनि जागरुक बनाउने, प्रशिक्षण गरिदने, उपकरण सिफारिसलगायत च्यानल विस्तार गर्न मद्दत पु¥याएकै छन् । महासंघको धारणा र अडानले विगतमा सरकारसमेत पछाडि फर्कन साथै निर्णय सच्चाउन वाध्य भएकै हो । यसर्थ क्लिनफिड कार्यान्वयनमा महासंघले सरकारले आमसञ्चारदेखि दूरसञ्चार सबैमा लागू हुनुपर्ने भन्ने फरक मत राखे पनि सहयोग गर्ने प्रतिवद्वता जाहेर गरेको अवस्था छ ।

विज्ञापन व्यावसायी महासंघ 
नेपालमा क्लिनफिडको अवधारणा ल्याउने श्रेय विज्ञापन महासंघलाई दिँदा कुनै फरक पर्ने देखिँदैन । नेपालमा भारतीय च्यानलहरूमा विज्ञापन बज्न बन्द भएमा अझ डबिङ पनि हुन नपाएमा सो विज्ञापन नेपालमै सुटिङ गर्न नेपाली मोडल नै राखेर आफ्ना उत्पादनको विज्ञापन गर्न भारतीयहरू नेपाल आउने ह’Fदा नेपालको विज्ञापन वजार दोब्बरले वृद्वि हुन्छ भनेर परिकल्पना जो ग¥यो सो अच्छा नै थियो । यसले एकातिर राष्ट्रवादलाई मद्दत पु¥यायो, अर्कोतिर कार्यान्वयन सफल भएमा चुनावी मसला पनि हुने भयो भनेर विदेशी धर्मसंस्कृति, खाना र नाना पनि नेपाल भित्रिनलाई स्यानिटाइज गरेसरह हुने नै भयो ।

सीमितताहरू :
अहिलेको सिनारियो हेर्दा क्लिनफिडका केही सीमितताहरू देखिन्छन् । २४ घण्टा अनुगमन गर्ने टेलिभिजन मनिटरिङ गर्ने दक्ष प्राविधिक जनशक्ति खोई, तालिम र स्रोतसाधन पनि अप्रप्र्यात नै देखिन्छ । विभागको अधिकार कटौती गरी प्राविधिक जनशक्तिविहीन बोर्डलाई सुम्पनु पनि अर्को जटिलता हो । निजामती प्राविधिक जनशक्ति हुने विभागको अधिकार राजनीतिक नियुक्ति हुने साथै प्रशासनिक ज्ञान मात्रै हुने जनशक्तिका कर्मचारी रहने बोर्डलाई दिइनुले पनि यसको कार्यान्वयन र अनुगमनमा थप चुनौती थपिने निश्चित छ र मनिटरिङमा बेवास्ता र जस लिने बेलामा होडबाजी चल्ने देखिन्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा त विज्ञापन काट्ने अधिकार विदेशी च्यानलहरूले सम्बन्धित मुलुकमा नै बसेर गर्ने सुविधा पाउनु अर्थात क्लिनफिडको सोल्ड राइट विदेशीकै हातमै हुनु हो । च्यानल उसैको, स्याटेलाइट उसकै, प्राविधक सपोर्ट उसकै हुँदाहँुदा विज्ञापन कट अफ गर्ने अन्तिम अधिकार पनि उसकै तर नेपालमा क्लिनफिड सफल भयो भनेर जस लिन होडबाजी मात्रै । अर्को कुरा विदेशी च्यानलमा विज्ञापन प्रसारण हुन छोड्दैमा विदेशी मल्टिनेसनल कम्पनीहरू एड एजेन्सीहरू नेपालमा पैसाको झोला बोकेर पक्कै आउँदैनन् होला उनीहरूले पनि नेपालमा शिक्षा, साक्षरता, टेलिभिजनमा पहुँच पुगेको जनसंख्या, विज्ञापनको प्रभाव, मोडलिङको अवस्था र सामान बिक्रीको अवस्था लगायतका विषयमा अध्ययन त पक्कै गर्छन् होला । अर्को कुरा भारत नेपालको असल छिमेकी कहिले हुन सकेन न हुन नै चाह्यो उसले सजिलै नेपालमा आएर आफ्ना सामानहरूको विज्ञापन गरेर नेपालको विज्ञापन बजार बढ्न देला भनेर सोचिहाल्नु पनि अलिक हतारो नै होला ।

अन्योलताः
सबैभन्दा रोचक पक्ष त के देखिन्छ भने क्लिनफिड कार्यान्वयनको समय सीमा घर्कीसक्दा नेपालमा प्रसारण हुने स्टार लगायतका च्यानलहरूले उपकरणहरू ल्याउन सकेका छैन यसमा विभागको पेलान मात्रै रहेको सहयोग र समन्वय कम रहेको देखिन्छ । उपकरण आयात गर्ने प्रसारण विभागले वाणिज्य विभागलाई अनि वाणिज्य विभागले भंसारलाई सिफारिस गर्नुपर्ने बैंकमा एलसी खोल्नुपर्ने लगायतका झन्झटिला प्रक्रिया पार गर्नुपर्ने मात्रै होइन उक्त सामान ल्याएर पुनः विभागका अधिकारीहरूले निरिक्षण गरेपश्चात जोड्नुपर्ने अवस्था छ भने यता तिहारको मुखमा यो सबै प्रक्रिया अनि बीचमा ८० दिनभन्दा लामो लक डाउन अनि फेरी २०/२२ दिनको निषेधाज्ञा ।

र, सबैभन्दा अन्योलयता बढाउने विषय हो क्लिनफिडसम्बन्धी आआफ्नै बुझाइ । टेलिभिजन प्रसारकहरूको बुझाइ के छ भने विज्ञापन कटिएर रहने ग्यापमा आफ्नो कार्यक्रमको प्रोमो बजाउन, आगामी कार्यक्रमको खलक देखाउन पाइन्छ भन्ने रहेको छ भने यता सरकार विज्ञापन निमयन गर्ने ऐनमा क्लिनफिड भनेको क्लिन नै हुनपर्ने अर्थात विज्ञापन काटिएर रहने समय खाली नै हुनुपर्ने, कालो वा नीलो स्पेस आए आओस् भन्ने बुझिन्छ तर व्यवसायिहरू भने सञ्चार मन्त्रालयमा भएको पछिल्ला दिनमा भएका विभिन्न चरणका छलफलहरूमा यो कुरा सहमति भएको मख्ख देखिन्छन् । अब हेराँै आगामि दिनमा विज्ञापन काटिएको खाली समयमा प्रोमो बज्ने हो वा स्या स्या सुँ सुँ गर्दै नीलो वा कालो स्क्रिन मात्रै देखिने हो ।

वास्तविक क्लिनफिड 
नेपालमा अहिले जुन ढंगले क्लिनफिड लागू गर्ने तयारी हुँदै छ नि त्यो सही अर्थमा क्लिनफिडको मर्म विपरीत रहेको बुझिन आएको छ । नेपाल र भारतबीच समयमा समेत फरक पर्न जाने हुन्छ अर्थात भारतमा विज्ञापन बज्दा नेपालमा कार्यक्रम नै आइरहेको हुन सक्छ किनकी कम्तिमा १५ मिनेटको फरक जो छ । अर्को कुरा भारतले दिन लागेको क्लिनफिड नभएर फिड क्लिन अर्थात स्याटेलाइटबाट नै क्लिनफिड हुनपर्नेमा सो नभई स्याटेलाइटमा चाहिँ विज्ञापनसहित आउने नेपालमा चाहिँ कटअफ गर्ने मेसिन र सफ्टवेयर राखेर जुन ढंगले तयारी हुँदै छ नि यसले त नेपालमा क्लिनफिड भयो भनेर मूल्य बढाउने खेल मात्रै हो भन्दा फरक नपर्ला किनकि यदि भारतले छुट्टै स्याटेलाइटमार्फत क्लिनफिड वाला र ननक्लिनफिड वाला च्यानल वर्गीकरण गरेर दिनपर्ने थियो अनि मात्रै स्याटेलाइट कस्ट भनेर मूल्य बढ्यो भन्दा पनि पत्याउने कुरा हुन्थ्यो तर अहिले त नेपाललाई अर्को बंगलादेश अर्थात दुई÷चार महिनासम्म यो तयारी भएन त्यो तयारी भनेर विज्ञापन नै देखाइदिने अनि फेरी नेपालमा जानीबुझीकन विज्ञापनमा जालझेल गरेर फेरी विज्ञापन सहितका च्यानलहरू नै देखाउने प्रवृत्ति हुनसक्छ किनकि भारतीय मिडिया र यसका गोदी मालिकहरूले यस्तो हर्कत नगर्लान् भन्न सकिँदैन किनकी शक्तिको उपासक जो भारतीय गोदी मिडिया । अनि अर्को कुरा भारतीयले नेपाललाई आर्थिक, सांस्कृतिक र राजनीतिक हिसाबमा सधँै पेलिरहेकै थियो अब सञ्चारको क्षेत्रमा समेत एक स्टेप पछि हटेर दुई स्टेप अघि नबढ्ला भन्न सकिन्न यसतर्फ सबै सरोकारवाला सचेत हुनु जरुरी छ ।
(कौशिक सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा कार्यरत छन्)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय