छिपहरमाईको मिर्जापुर पूर्ण खोप वडा घोषणा

पर्सा । पर्साको छिपहरमाई गाउँपालिका वडा न १ मिर्जापुरलाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडामा रहेका दुईवर्ष मुनीका ४५४ वटा बालबालिकाहरुलाई स्वास्थ्य चौकी सम्भौताका महिला स्वयम सेविकाहरुको सहयोगमा अनमी र अहेब हरुले घर—घरमै पुगी पूर्ण खोप लगाईसकेपछि आज वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो । स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा रहेको बिधालय को प्रांगढमा मा वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो ।

छिपहरमाई गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पुर्ण खोप वडा घोषणा समारोह कार्यक्रममा प्रमुख अतिथि छिपहरमाई गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ताले मम्बती बालेर उदघाटन गर्नु भएको थियो साथै घोषणा पत्र पढेर पूर्ण खोप घोषणा गरे।

कोरोना महामारको समेत स्वास्थ्यकर्मी हरुले आफ्नो ज्यानको बाजी लगाएर घरघर गई खोप लगाई स्वास्थ्य सेवा दिएकोमा स्वास्थ्यकर्मी हरुलाई बधाई समेत दिए । सबै भन्दा पहिला मेरो स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा रहेको कारण प्रतेक वडाहरुमा बर्थिंग सेन्टर स्थापना गरिने बताए । उनले भने, ‘छिपहरमाई गाउँपालिकाको दुई वटा वडामा बर्थिंङ सेन्टर स्थापना गरेको छु मिर्जापुरमा बर्थिंग सेन्टर निर्माणको लागी ८० लाख रकम निकासा गरि निर्माण को काम अगाडि बढाएको छु।’

अध्यक्ष गुप्ताले अब घर–घरमा रोजगार र प्रतेक घर पक्की बनाउने प्रतिबद्धता गरे । छिपहरमाई गाउँपालिकामा जन्मिने बालिकाहरुलाई दुई लाखको बालिका स्वर्ण बिमा कार्यक्रमको निरन्तरता दिएको बताए । छोरी जन्मिने बितिकै बोझको रुपमा लिने गरिन्थ्यो तर अब जन्मिने बालिकाहरु लाई बोझको रुपमा नलिन समेत आग्रह गरे । अब छिपहरमाई गाउँपालिकाको बालबालिका हरु उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बाहिर जानु नपर्ने अध्यक्ष गुप्ताले उल्लेख गरे ।

उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बिरगंज मा गएर कोठा भाडा १० हजार दिनु पर्दैन अब आफ्नै गाउँ घरमा पढन सकिने बताए । पूर्णखोप वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले खोपको बारेमा विषेशगरी १३ देखि २३ महिना को बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताए । उनले बिश्वब्यापी रुपमा रहेको कोरोना भाईरस रोगबाट बचन र बचाउन अहिले खोप नरहेको कारण समस्या देखिएको र अहिले जुन नियमित खोप चलिरहेका लाई निरन्तरता दिएर आ–आफ्ना बच्चाहरु लाई खोप दिन आग्रह समेत गरे ।

स्वास्थ्य कर्मीहरुको अहमभुमिका रहेकोले पैसाको साथै धर्म पनि कमाउ जरुरी रहेको उनले बताए । स्वास्थ्यकर्मी हरुलाई ईमानदारीपूर्वक लागन आग्रह गरे। स्वास्थ्यकर्मीहरुको साथमा आफू रहेको भन्दै उनले जुनसुकै बेला स्वास्थ्यकर्मीहरुको दुख सुखमा साथै रहेको प्रमुख साह ले बताए। महिला स्वमसेबिकाहरुलाई मेहनतको अलवा कुनै सुबिधा नरहे पनि निःस्वार्थ सेवा गरिरहेको उनले बताए ।

गाउँपालिका हरुबाट सकने जतिको सहयोग गरिने समेत उनले बताए ।महिला स्वास्थ्य स्वमसेबिकाहरुको स्वंयम सम्मान बाहेक कुनै सेवा नरहेको बताए । उनले भने, ‘जति प्रसंसा गरे कमै हुन्छ । छिटै नै छिपहरमाई गाउँपालिका पुर्णखोप घोषणा गरिने छ ।’ छिपहरमाई गाउँपालिकाको आज पाचैं वार्ड पूर्णखोप घोषणा भएका छन । पूर्ण खोप घोषणा कार्यक्रम वार्डअधयक्ष राजबली यादवको अध्यक्षतामा समापन भएको थियोे।

पूर्णखोप घोषणा कार्यक्रममा छिपहरमाई गाउँपालिकाका समसुल मियाँ , वडाध्यक्ष महेन्द्र साह कलवार, बिनोद साह कानु, मौजीलाल साह, जिल्ला समन्वय समिति पर्साका सदस्य सुबास साह, अकलेश यादव, गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य चौकी मिर्जापुरका प्रमुख प्रदिप दास, अहेब रामाकान्त महतो , मुखलाल साह, भुपेन्द्र गुप्ता , रितु कुमारी यादव, अनमी सपना चौरसिया, समभौता स्वास्थ्य प्रमुख श्यामबाबु प्रसाद जयमंगलापुर स्वास्थ्य चौकी को प्रमुख मुन्ना कुमार साह, लगायत महिला स्वमसेबिका र स्वास्थ्यकर्मी , स्थानियहरुको सहभागिता रहेको थियोे। पूर्णखोप घोषणा गराउनमा सहयोग गरिने महिला स्वास्थ्य स्वमसेबिका हरु र स्वास्थ्यकर्मी हरु लाई दोसाला ओढाई र प्रमाणपत्र का साथै सम्मानित समेत गरेको थियोे ।

प्रतिक्रिया