पुरुषेत्तम दाहालको ‘घर त नुवाकोट’ सार्वजनिक

काठमाडौं । गायक पुरुषेत्तम दाहालको मौलिक लोकदोहोरी गीत ‘घर त नुवाकोट’ सार्वजनिक भएको छ । सुमीत्रा सत्यालको शब्द रचना तथा कृष्ण थापाको संगीत रहरेको उक्त गीतमा गायक दाहालसँगै मनीश सिलवाल, गायिका सुमीत्रा सत्याल र बिन्दा सुवेदीको संयुक्त रुपमा आवाज रहेको छ ।

त्यस्तै, विरही बस्यालले संगीत संयोजन गरेका हुन् । साथै, गीतको भिडियोमा पनि गायक दाहालले नै निर्देशन गरेका छन् भने उपेन्द्र दाहालको छायांकन तथा रोशन गाहा मगरले सम्पादन गरेका छन् ।

उक्त भिडियोमा हरि क्रृष्ण घिमिरे र सावित्री श्रेष्ठ लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् । सो भिडियो मामा भान्जा इन्टरटेनमेन्टको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मायाप्रेमका प्रसंगलाई गीतमा उठान गरेर भिडियो बजारमा ल्याएको गायक पुरुषेत्तम दाहालले बताए । गीतमा पुरानो जमानामा गाउँ घरमा गुञ्जिने भाकालाई टपक्कै टिपेर मौलितालाई कदर गरेको उनले जिकिर गरे ।

प्रतिक्रिया