अलैंची खेतिमा रमाउँदै प्राध्यापक, वार्षिक ७ लाख कमाउने लक्ष्य

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका– ३ का प्रेम प्रसाद अधिकारीले अलैची खेति सुरु गरेका छन् । श्री जनउत्थान आधारभुत विद्यालयका प्राध्यापक समेत रहेका अधिकारी अहिले अलैंची खेतिमा व्यस्त देखिन्छन् । घरपरिवारका दुई सदस्य श्रीमान र श्रीमती अलैंची कै हेरचाह गर्नमा लागिरहेका छन् ।

अधिकारीले अलैंची मात्र नभई पूर्वमा हुने चिया, ओखर, टिमुर, नास्पती लगाएत अन्य जडिबुटी तथा फलफूलका बिरुवाहरु उत्पाद गरी कृर्षि खेतिमा लागिरहेका हुन् । विगत २ वर्षदेखि अलैंची खेतिमा लागेका अधिकारीले अघिल्लो वर्ष मात्रै १० केजि अलैंची फलाएका थिए ।

तर, अहिले अलैंची खेतिमा झन आकर्षण भएदेखि उनले धेरै अलैचीका विरुवाहरु उत्पादन गरिरहेका छन् । आर्थिक वर्ष २०७७–०८७ मा उनले अलैची खेतिबाट मात्र ७ लाख सम्म कमाउने लक्ष्य राखेका छन् । दुई परिवार रहेको अधिकारीलाई विदेश जानुपर्ने अवस्था भने छैन ।

नेपाल कृषिप्रदान देश भएकाले आफ्नो देशमै केही गरीखानु पर्छ भन्ने सोचमा लगेका अधिकारीले नयाँ काम सुरु गरेपछि स्थानियबासीले उनको सिकोसमेत गरेका छन् । अलैंची मात्रै नभएर उनले उत्पादन गरेका फलफूल तथा तरकारीहरुले राम्रो बजार मूल्य पाउन सकेको छैन ।

सदमुकामबाट ५ कोष टाढा रहेको शुभकालिका गाउँपालिकामा उनले कृषि क्षेत्र उत्पादनमा बृद्धि गर्नका लागि आफ्नै लगानीमा उनले काम थालेका थिए । कृषि खेति गर्नका लागि अधिकारीले पहिलो वर्ष २ लाख बराबरको लगानी गरेका हुन् ।

पैसा कमाउन भन्दा पनी समाजमा रहेका युवाहरुलाई पाठ सिकाउनका लागि र परम्परागत कृषि खेतिलाई न्युनिकरण गरी आधुनिक कृषि खेतिमा समाजलाई अग्रसरतामा ल्याउनका लागि अधिकारीले कृषि खेतिमा लागेको बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया