खेल-खेलाडी

विदेशी खेलाडीलाई ३ लाख सहयोग

सौर्य अनलाइन २०७७ कार्तिक २ गते ९:१४ मा प्रकाशित

काठमाडौं । एन्फा एकेडेमीको पहिलो ब्याचको अगुवाईमा कोरोना महामारीका कारण नेपालमा नै अड्किएका विदेशी खेलाडीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न संस्थाले प्रदान गरेको तीन लाख ८ हजार रुपैया नेपालमै रहेका २९ विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । नेपालमा हुने फुटबल खेल्न आएका विदेशी खेलाडी लकडाउन हुँदा नेपालमा नै अड्किएका र प्रतियोगितहरु नहुदा उनीहरु आर्थिक समस्याबाट पनि गुर्जिरहेका थिए ।

सोही अवस्थालाई मध्यनजर गर्दै अमेरिकामा बस्दै आएका विभिन्न पूर्व खेलाडी विशेषगरी दिपकुमार राईको पहलमा अनलाइनमार्फत फन्ड उठाएका थिए । उक्त रकम एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट शनिबार उनीहलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय