छायांकन केन्द्र बन्दै दामन भर्याङ

मकवानपुर । प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भ¥याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । २४०० मिटर उचाईमा रहेको नेपालकै लामो भनिएको उक्त भ¥याङमा गीतको छायांकनमा दैनिक कलाकारको टोली पुग्ने गरेका छन् । भ¥याङ चढेर पुगिने रमणीय स्थलका साथै प्राकृतिक टावरका कारण पछिल्लो समय भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको हो ।

एकैदिन पालुङ जेसिजका पूर्वअध्यक्ष एवं नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यद्वारा निर्देशित ‘परदेशबाट’ एल्बम र थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानद्वारा निर्देशित ‘गाजलु आँखैले’ एल्बमको गीतको भिडियो छायांकन यो फलामे भ¥याङमा भएको हो । कलाकार एवं निर्देशक विजयश्याम अमात्यले आफ्नो भिडियो निर्देशनको यात्रामा २७औँ भिडियो फलामे भर्याङ र प्राकृतिक टावरमा छायांकन गरिएको बताए ।

रामकुमार प्रधानको रचना, चन्द्र श्रेष्ठको संगीत र प्रताप दासको स्वर रहेको उक्त गीतको भिडियोमा अस्मिता बिक र सुभाष सोनामले अभिनय गरेका छन् । त्यस्तै, पालुङ जेसिजका पूर्वअध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत यसमा अभिनय छ । गीतमा दसैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ ।

दामनको भर्याङमा भिडियो छायांकन गर्न मकवानपुरका युवा गायक तथा संगीतकार आशिष अस्लामी मगर पनि कलाकारको साथमा पुगेका थिए । उनले आफ्नै स्वर तथा संगीत रहेको ‘गाजलु आँखैले’ गीतमा भिडियोको छायांकन गरिएको बताए । गीतकार विवेक पाख्रिनको शब्द रहेको गीतको भिडियोमा भूपेन्द्र राना, सुजु थापा, कृपा गोपाली, सुबु रिजाल र सञ्चारकर्मी अमृत चिमोरियाको अभिनय छ । ‘गाजलु आँखाले’ यसअघि चर्चित ‘क्या राम्री’ म्युजिक भिडियोको ‘पार्ट टु’ को रुपमा रहेको छ । अस्लामीले भने, ‘यसै पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामनमा नेपालकै लामो भ¥याङ निर्माण भएको खबरले हामीलाई झनै आकर्षित ग¥यो ।’

छायांकन गरिएको भिडियोमा ड्रोनबाट समेत प्राकृतिक टावर र भ¥याङका दृश्यहरु कैद गरिएका छन् । त्यस्तै फलामे भर्याङ र प्राकृतिक टावर ‘सेल्फी’ लिन चाहनेहरुका लागि समेत आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्योदयदेखि नै भ¥याङ चढ्नेहरुको ताँती लाग्ने गरेको स्थानीय समाजसेवी विनोद लामाले बताए ।

प्रतिक्रिया