जेसिबी एनएक्सटी–२२१ एलसी

काठमाडौं । नेपालका लागि जेसिबी ब्रान्डका हेभी इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नयाँ एक्साभेटर जेसिबी एनएक्सटी–२२१ एलसी सार्वजनिक गरेको छ । नयाँ एक्साभेटर नेपालको कठोर भू–बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभलफिचर’ पनि राखिएका छन् ।

नयाँ जेसिबी एनएक्सटी–२२१ एलसी २१ दशमलव ५ टनको शक्तिशाली एक्साभेटर हो । जसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ । पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले नौ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १ दशमलव शून्य २ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको छ ।

यसका बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर एक हजार घन्टासम्म पु¥याउँछ । यसमा सात इन्चको एलसिडी डिस्प्ले रहेको छ जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्टजस्ता जानकारी दिन्छ ।

नयाँ एक्साभेटरमा एड्भान्सड टेलेम्याटिक सिस्टम लाइभलिंक जडान गरिएको छ जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ । यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुला क्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोलजस्ता फिचर छन् ।

३६६० एमएम लामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डरक्यारिज ओभरअल लेन्थभएको यो मेसिन बढी ‘स्टेबल’ छ । हाइड्रोलिक आयलको आयु पाँच हजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर रहेको छ । फ्युल इफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई ५ देखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ । साथै यसमा इरर कोड र मल्टि कलर वार्निङ एलर्टसहितको एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम रहेको छ जसले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिकएक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिक ओभरहिटजस्ता सूचना दिन्छ ।

यो मेसिन विशेष गरी नेपाली एक्साभेटर बजारलाई टार्गेट गरी निर्माण गरिएको भएकाले यसले मेसिनको उत्पादकत्व, फ्युलइफिसेन्सी, इन्टेलिजेन्स, कनेक्ट, रिलायबिलिटी, मेन्टेनेन्स, कम्फर्ट र सेफ्टीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया