धोबिनी र छिपहरमाईमा नेकपाको सपथ ग्रहण कार्यक्रम

पर्सा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पर्साको धोबिनी गाउँपालिका वार्ड ५ जगरनाथपुरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एव पूर्वमन्त्री उर्मिला अर्यालको प्रमुख आतिथ्यतामा भएको सपथ ग्रहण कार्यक्रममा सो पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रभु हजाराले दुबै पालिकाकाको ५१ जना ५१ जना गरि १ सय २ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए।

कार्यक्रममा प्रमुख अतिथि अर्यालले पार्टी एक ढिक्का हुनुको कुनै विकल्प नभएको बताइन । उनले पार्टीभित्र सामान्य कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सच्याएर अघि बढ्न जोड दिइन । उनले केन्द्रको कमी कमजोरीलाई जिल्ला , स्थानिय तह बाट घचघचाउने र कमीकमजोरीलाई सच्याएर अगाडि बढनुपर्ने बताइन ।

क्षेत्र नं ४ मा नेकपाका ४ वटा गाउँपालिका निर्वाचित भएको २२ हजार भोट लिएर तर सांसदको निर्वाचनमा १० हजार भोट पाएको भन्दै उनले आपत्ति जनाइन । ईमानदारी पूर्वक लागेर महिला, बालबालिकाको सशक्तीकरणमा लाग्नु पर्नेमा समेत जोड दिइन । नेकपाका सरकार केन्द्र, प्रदेश र स्थानीय तहमा रहेको छ, तर रकम यति सबै तहले आफ्नो आफ्नो तहबाट सहयोग गरेमा महिला बालबालिका लगायत अन्य सशक्तीकरण हुने र नेकपा सरकारलाई वाह वाही हुने बताइन ।

सपथ ग्रहण कार्यक्रममा सांसद शेख चाँदतारा, जिल्ला अध्यक्ष प्रभु हजारा , संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, जगरनाथपुर गापा अध्यक्ष जालिम मियाँ, छिपहरमाई गापा अध्यक्ष मनोज कुमार गुप्ता, पुर्व सभासद रामेश्वर राम, जिल्ला सदस्य बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा,प्रदेश सदस्य योगेन्द्र साह कानु , जिल्ला सदस्य बलिराम साह, लगायतले बोलेका थिए ।

छिपहरमाई गापा कमिटी अध्यक्ष प्रह्लाद गुप्ता, धोबिनी गापा कमिटी अध्यक्ष मजिद मियाँको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा नेता एव जिल्ला समन्वय समिति पर्सा उपप्रमुख ठाकुर नेउपाने, पार्टीका केन्द्रीय सदस्य उर्मिला देवकोटा, पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, बिजयबस्तीका पूर्व गाबिस अधयक्ष लालबहादुर श्रेष्ठ, नेकपाका ठोरी अधयक्ष खगेन्द्र श्रेष्ठ, जिराभवानी अधयक्ष शशिकपुर थारु, वडाध्यक्ष राजबली यादव, मौजीलाल साह, बिनोद साह कानु, नेकपाबाट क्षेत्र नं ४ (ख) का उमेदवार सुरेश कुमार पटेल, नेकपा धोबिनीका उपाध्यक्ष हरि पटेल, पटेल, श्याम किसोर पटेल, ज्ञानबहादुर साह, जिल्ला सदस्य मदिस मियाँ ,युवा नेता संतोष पटेल, सदाम हुसेन, एनुल हक, युवा नेता सुनिल कुमार गुप्ता शम्भु पाल,अबास मियाँ, तेज प्रकाश निसाद, लगायत दुबै पालिकाका नेता कार्यकर्ताहरुको उपस्थिति थियो। सपथ ग्रहण कार्यक्रममा छिपहरमाई गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ता स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया