कोरनाका कारण कर्मचारीलाई बिदा

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको अतिदुर्गम क्षेत्रका समुदायमा दिगो जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको समृद्ध पहाड परियोजनाले कोरोनाको कारण कार्यक्रम गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीलाई बिदा दिने भएको छ ।

कोरोनाका कारणले ठूलो कार्यक्रम ल्याउन नसकेको र भएको कार्यक्रम पनि सीमित क्षेत्रमा मात्र गर्ने भएकाले आवश्यक बाहेकका कर्मचारीलाई बिदा दिन निर्देशन आएको परियोजनाकी कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताइन् ।

आर्थिक वर्ष सकिएको तीन महिनापछि कर्मचारीलाई बिदा दिनू भनेर परियोजनाले गत असारमा पत्र पठाएको थियो, तीन महिना असोज मसान्तमा सकिने भएकाले सोअनुसार कर्मचारीहरुलाई व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ थियो ।

बेलायती नगरिक ग्राम रिक्लीको आर्थिक सयोगमा विगत २०६९ देखि ताप्लेजुङको हिमाली तथा अति दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायका लागि सो कार्यक्रम सञ्चालन हुँदै आएको कार्यक्रम संयोजक चङसुले बताइन् ।

परियोजनाको प्राविधिक सहयोगमा ताप्लेजुङको दुर्गम गाउँ कञ्चनजघा संरक्षण क्षेत्रमा ४ वटा सहकारी संस्था स्थापना गरि प्रत्येक घर परिवार सहकारीको शेयर सदस्यमा आवध गाराई वित्तीय सेवामा सहज ल्याएको कार्यक्रम संयोजक चङसुले बताइन् । उनका अनुसार ६ जना कार्मचारी कार्यरत रहेकोमा चार जनालाई बिदा दिनुपर्ने भएको हो ।

प्रतिक्रिया